Successfully Copied

आरजुलाई मिस टुरिजमको ताज

होटल मल्लमा संचालन भएको मिस टुरिजम २०१९ मा आरजु पोखरेलले शिर्ष उपाधि जित्न सफल भएकी छिन् । शिर्ष उपाधिसंगै नगद पुरस्कार रु पचास प्राप्त गरेकी आरजुले प्रतियोगितामा मिस डिसिप्लीन तथा मिस फ्रेन्डशीपको अवार्ड पनि हात पार्न सफल भए । 

गत शनिबार लैनचौरस्थित होटल मल्लमा संचालन भएको मिस टुरिजम २०१९ मा आरजु पोखरेलले शिर्ष उपाधि जित्न सफल भएकी छिन् । शिर्ष उपाधिसंगै नगद पुरस्कार रु पचास प्राप्त गरेकी आरजुले प्रतियोगितामा मिस डिसिप्लीन तथा मिस फ्रेन्डशीपको अवार्ड पनि हात पार्न सफल भए । 

प्रतियोगितामा युसिका तुलाधरले ट्यालेन्ट अवार्ड फस्ट रनर अप तथा सविता न्यौपानेले पर्सनालिटी अवार्ड सहित सेकेन्ड रनर अपको अवार्ड जितेका थिए । युसिका र सविताले क्रमशः नगद पुरस्कार रु तीस हजार र बीस हजार पनि प्राप्त गरेका थिए । 

पोइन्ट मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सो प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो । पर्यटन तथा हस्पीटालिटी क्षेक्रका व्यत्तिहरुको बाक्लो उपस्थिति रहेको सो प्रतियोगितात्मक कार्यक्रममा गायक विश्व नेपाली र गायिका टिका प्रसाईंले आफ्ना चर्चित गीतहरु सुनाएका थिए । 

 

 Image