Successfully Copied

वर्किङ वुमेन्सका लागि पहिरन 

 फेमिनिन लुकको चाहना भए आफ्नो रोजाइको कुनै राम्रो कलरमा सेमी फिटेड ए लाइन स्कर्ट लगाउन सकिन्छ । यसका लागि हेभी फेब्रिकयुक्त पहिरन उपयुक्त हुन्छ । यसका साथमा ब्राइट रेड वा लाइभ ग्रिन कलरको स्टोलको कम्बाइन सुहाउँछ । यसमा वेजेज स्यान्डल म्याच गर्छ । 

    आइतबार कम्फर्टेबल पहिरनबाट गर्नु उपयुक्त हुन्छ । ट्राउजर र सर्ट कम्फर्टेबल पहिरनका लागि परफेक्ट च्वाइस हुन्छ । यसका लागि न्युट्रल टोनमा सेमी फिट पाइन्ट छनोट गर्न सकिन्छ । नेवी ब्लु, ब्राउन वा चारकोल ग्रेजस्ता कलर छनोट गर्नुपर्छ वा क्लासिक बटनयुक्त फिटेड सर्टसित पिन स्ट्राइप पाइन्ट कम्बाइन गर्न सकिन्छ । यो पहिरनमा ग्ल्यामरस देखिने चाहना भए मेटालिक ग्रे, मिड नाइट ब्लु आदि सेड्सको टप लगाउनुपर्छ । आफ्नो आउटफिटसित म्याच गर्ने एसेसरिज छनोट गर्नुपर्छ । यसका साथमा रेड कलरको लेदर ब्याग बोक्न सकिन्छ । 

    फ्युजन फेसनले ट्रेडिसनल सलबार–कमिजलाई नयाँ लुक प्रदान गरेको छ । यस्तोमा सिगरेट पाइन्टका साथमा कुर्ता लगाएर फ्लोरल स्कार्फ अनि हल्का एम्बेलिसमेन्टयुक्त फुटवेयर प्रयोग गर्दा सुन्दर तथा आकर्षक देखिन सकिन्छ ।

    फेमिनिन लुकको चाहना भए आफ्नो रोजाइको कुनै राम्रो कलरमा सेमी फिटेड ए लाइन स्कर्ट लगाउन सकिन्छ । यसका लागि हेभी फेब्रिकयुक्त पहिरन उपयुक्त हुन्छ । यसका साथमा ब्राइट रेड वा लाइभ ग्रिन कलरको स्टोलको कम्बाइन सुहाउँछ । यसमा वेजेज स्यान्डल म्याच गर्छ । 

    सातामा एकपटक कर्पोरेट लुकमा हिँड्नका लागि टेरी बुल वा लाइक्रा फेब्रिकमा फिटेड पहिरन लगाउनुपर्छ । ब्राइट कलर, जस्तै फुसिया पिंक कलरको स्कार्फ लगाउन सकिन्छ । कोर्सेट बेल्टले आफ्नो बडी सेपलाई हाइलाइट गर्छ । एसेसरिजमा ब्ल्याक लेदर ब्याज तथा वेजेजलाई प्राथमिकतामा राख्नुपर्छ । 

    अफिसका लागि रस्ट, मेहन्दी ग्रिन, ब्राउन आदि कलरको कटन वा सिल्क साडी छनोट गर्न सकिन्छ । सातामा एकपटक यस प्रकारको ट्रेडिसनल आउटफिटमा सबैभन्दा अलग र विशेष देखिन सकिन्छ । 

    विकेन्डका लागि जिन्स वेस्ट अप्सन हो । स्किनी वा रेगुलर फिटिङ जिन्सलाई साटन सर्ट तथा वेस्ट कोटसित जोडा मिलाउन सकिन्छ । 

    बिदाका दिन आफ्नो इच्छानुसारका पहिरन इन्डो वेस्टर्न, जिन्स, कुर्ता, सलबार–कमिज, ट्राउजर वा लेगिङ्स आदिमध्ये कुनै पनि लगाउन सकिन्छ ।  

 अफिस वेयरका सेलेक्टिभ पहिरनबाट हरेक दिन नयाँ लुक क्रिएट गर्न सकिन्छ । यसका लागि आफ्नो वार्डरोवमा इन्डो वेस्टर्न कुर्ती, नि–लेन्थ स्कर्ट, फिटेड सर्ट, सेमी फिट ट्राउजर, सिगरेट पाइन्ट, वेस्ट कोट, कटन साडी, स्कार्फ–स्टोल, ओभरसाइज ब्याग, वेजेज, स्टाइलिस फुटवेयर आदिलाई समावेश गर्नुपर्छ ।

 

 Image