Successfully Copied

किटिनीमा करिश्मा

 त्रिवेणी पब्लिक स्कुल मैतीदेवीबाट बाँकी पढाइ सुरु गरेकी करिश्माले एसईई उत्तीर्ण गरेपछि उनलाई निजी कलेजहरूले छात्रवृत्ति सुविधासहित अध्ययनको व्यवस्था मिलाउने प्रस्तावहरू दिए । यद्यपि करिश्माले कलेजचाहिँ ललितपुरको टौखेलस्थित उनकै घर आसपासको सामुदायिक कलेज किटिनीलाई रोजिन् । 

नेपाली चलचित्र वृत्तमा केही आइरहने विवादास्पद घटनाबाहेक स्वच्छ र ऊर्जाशील कामको कुरा गर्दा अभिनेत्री करिश्मा मानन्धर अहिले पनि अग्रपंक्तिमा आउँछिन् । उमेरले ४५ मा हिँडिरहेकी करिश्माले यही वर्ष एसईई परीक्षा बी प्लस ग्रेड ल्याएर उत्तीर्ण भएको कुरा त सबैलाई थाहै छ । १४ वर्षको उमेरमा चलचित्र ‘सन्तान’ बाट चलचित्र अभिनय यात्रा सुरु गरेपछि अध्ययन छोडेकी करिश्माले रोकिएको पढाइ झन्डै ३१ वर्षपछि पूरा गरिन् ।

 त्रिवेणी पब्लिक स्कुल मैतीदेवीबाट बाँकी पढाइ सुरु गरेकी करिश्माले एसईई उत्तीर्ण गरेपछि उनलाई निजी कलेजहरूले छात्रवृत्ति सुविधासहित अध्ययनको व्यवस्था मिलाउने प्रस्तावहरू दिए । यद्यपि करिश्माले कलेजचाहिँ ललितपुरको टौखेलस्थित उनकै घर आसपासको सामुदायिक कलेज किटिनीलाई रोजिन् । 

सरकारी कलेजमा व्यवस्थापन पढ्ने इच्छा जाहेर गरेकी करिश्माको कलेजमा कक्षा ११ को कक्षा सुरु भैसकेको छ, तर करिश्मा भने त्यहाँ भर्ना लिएर केही दिनपछि मात्र कलेज जान थाल्नेछिन् । करिश्माले घरपायक कलेज छानेको देख्दा नजिकको तीर्थलाई किन हेंला गर्नु भन्ने सिद्धान्त अपनाएकी हुन् कि भन्ने पनि लाग्छ ।

 Image