महिनावारीमा उत्सव

नारी संवाददाता

श्रावण १४, २०७६

भारतको उडिसामा महिनावारीलाई लिएर चार दिने रजा पर्व मनाइन्छ । जून १५ देखि १८ सम्म मनाइने उक्त पर्वमा महिलालाई असाध्यै सम्मान गरिन्छ । महिनावारीलाई आदरका रूपमा लिइन्छ । यतिबेला विवाहित महिला हुन् वा अविवाहित युवती दुवैले विशेष सम्मान प्राप्त गर्छन् । यो क्रममा उनीहरूलाई मिष्ठान्न भोजन गराउनुका साथै सुन्दर पहिरनहरू प्रदान गरिन्छ ।

यो पर्वमा धर्ती ऊर्वर भएको खुसीसमेत मनाइन्छ । उडिसामा भगवान् विष्णुकी श्रीमती भूदेवी वर्षा सुरु हुनुभन्दा पहिले रजस्वला हुने विश्वास गरिन्छ । यो समय पृथ्वीलाई आराम दिइन्छ । कृषिसम्बन्धी सारा काम बन्द गरिन्छ । त्यसपछि मात्र पृथ्वीमा थप उब्जनी हुने विश्वास स्थानीय बासिन्दाहरूको छ । यो पर्वका चार दिनसम्म महिलालाई कुनै काम गर्न लगाइँदैन । उनीहरूको काम भनेकै नयाँ कपडा लगाएर महिनावारी उत्सवमा भाग लिनु हुन्छ ।

यो पर्वका चारै दिनको महत्व छुट्टाछुट्टै छ । पहिलो दिनलाई पहली रजा भनिन्छ भने दोस्रो दिन मिथुन संक्रान्ति मनाइन्छ । तेस्रो दिन भूदाहा गरेपछि चौथो दिन वसुमती स्नानका साथ यो पर्व सम्पन्न हुन्छ जसमा महिला तथा युवतीहरूले नुहाएर शृंगार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्