क्यान्सर पीडितका लागि कपाल दान

नारी संवाददाता

श्रावण १४, २०७६

कपाल गुमाएका क्यान्सर पीडितलाई खुसी दिन र जीवन जिउने प्रेरणा प्रदान गर्न लामो कपाल दान गर्न सम्बद्ध अभियानकर्मीहरूले आह्वान गरेका छन् । 

दान गरिएको कपालले कपाल झरेका पीडितमा विद्यमान निराशा अन्त्य गर्दै आत्मविश्वास बढाउने विश्वास गरिएको छ । यसरी दान गरिने कपाल कम्तीमा १० इन्चको हुनुपर्छ जसले गर्दा उनीहरूका लागि ‘विग’ अर्थात् नक्कली कपाल बनाउन सकियोस् । 

५ देखि १० जनाले दान गरेको कपालबाट मात्र एउटा विग बनाउन सकिने जानकारहरू बताउँछन् । अहिले कपाल दान गर्ने प्रचलन बढेको भए पनि पीडितहरू भने यसका बारेमा अनभिज्ञ देखिन्छन् । यद्यपि केही संघसंस्थाले भने कपाल दान गर्न चाहनेहरूलाई सामाजिक सञ्जालका माध्यमबाट एकत्रित गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्