वर्षायाममा  पहिरन छान्दा

रोजिना श्रेष्ठ

श्रावण ९, २०७६

वर्षायाममा पहिरन छनौट गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । धेरै पानी पर्दा हिलो तथा तुरुन्तै घाम लागिहाले धुलो हुने भएकाले पहिरन छान्दा, लगाउँदा निकै विचार गर्नुपर्छ । 

यो मौसममा शुद्ध सुतिका पहिरन उपयुक्त मानिन्छन् । पानी पर्ने समय भएकाले रंग जाने पहिरन लगाउनुहुँदैन । घाम असाध्यै चर्किने भएकाले सिल्क, साटनजस्ता पोल्ने खालका पहिरन नलगाउनु नै उपयुक्त हुन्छ ।

वर्षा मौसममा हल्का वानपिस, क्वार्टर पाइन्ट, लिनेनका पाइन्टसंग रेनी सुज अर्थात प्लास्टिकका जुत्ता लगाउनु राम्रो हुन्छ । यो मौसममा हेभी डिजाइन अथवा वर्क गरिएका पहिरन उपयुक्त मानिदैनन् । 

रोजिना श्रेष्ठ, कायरा बुटिक

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×