हङकङमा ज्योति 

नारी संवाददाता

श्रावण ४, २०७६

गायिका ज्योति मगरले हङकङेली दर्शकहरूलाई छमछमी नचाएकी छिन् । बालबालिका तथा महिलाहरूका लागि शिक्षा सहयोगी फाउन्डेसन नेपालको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा ज्योतिसँगै डान्सर सुस्मिता शाही, गायक राज तामाङ तथा गायिका हर्षिका आले मगरले पनि विभिन्न प्रस्तुति दिएका थिए ।

हङकङ आइडल राज तामाङले आधुनिक र डान्स नम्वर दुवैबाट पर्याप्त तालि पाए । स्थानिय प्रतिभा हर्षिकाले नेपाली, हिन्दी दुवै गीतबाट दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिन् ।

विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको ऊक्त कार्यत्रम ब्लाक पिग इन्टरटेन्मेन्टको ब्यानरमा बुलेटहाङ तिगेलाले आयोजना गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्