Successfully Copied

मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को घोषणा

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इले मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९को आयोजना गर्ने भएको छ । सो आयोजनाबारे जानकारी प्रदान गर्न गरिएको पत्रकार सम्मेनलमा मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को मुख्य प्रायोजकका रुपमा किङफिशर ब्राण्ड रहने बताइएको छ । 

सो पत्रकार सम्मेलनमा जि.ई.इ र किङफिशरका बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । प्रतियोगितामा आईइसी स्कुल अफ आर्ट एण्ड फेसन अफिसियल डिजाइनरका रुपमा रहने बताइएको छ । यो संगै मिस एशिया प्यासिफक इन्टरनेसनल नेपाल २०१९ को औपचारिक रुपमा घोषणा गरिएको छ । 

सहभागि हुन चाहने नेपाली युवतीहरु अविवाहित भई दश जोड दुईको शैक्षिक योग्यता भएको, पााच फिट पाँच इन्छ उाचाई हुनुपर्ने र १८ देखि २७ वर्ष उमेर समूहको हुनुपर्ने प्रावधान राखिएको छ । 

काठमाडौं लगायत मोफसलका मुख्य शहरहरुमा अडिसन गरेपछि प्रतियोगिताको प्रशिक्षण अगाडि बढ्ने बताइएको छ । प्रतियोगिताका शीर्ष उपाधि विजेताले फिलिपिन्सको मनिलामा संचालन हुने ५१औं संस्करणको मिस एशिया प्यासिफिक इन्टरनेसनल २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । 

यसैगरी प्रतियोगिताका फस्ट रनर अपले मिस टुरिजम क्वीन इन्टरनेसनल २०१९ मा र सेकेन्ड रनर अपले मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालको तर्फबाट सहभागिता जनाउने कुरा आयोजक पक्षले उल्लेख गरेको छ । 

 Image