Successfully Copied

रेखा थापाको फिल्ममा रेनशाको इन्ट्री

अभिनेत्री रेखा थापाको चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गर्ने भएकी छिन् ।  रेखा फिल्मस्को छैटौँ चलचित्र निर्देशकका रुपमा शुक्रबार उनलाई अनुबन्धन गरिएको हो । रेनशाको जन्मदिनको उपहार स्वरुप रेखाले रेनशालाई निर्देशकको जिम्मेवारी दिएकी हुन् । 

रेनशाले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । रेखाले आफ्नो चलचित्रको दसैं पछि छायांकन सुरु हुने बताएकी छिन् । अभिमन्यू निरवीले तयार पारेको कथामा निर्माण हुने चलचित्रको नाम भने पक्का गरिएको छैन् । 

अभिनेत्री रेखाले स्त्रिप्टको काम पूरा भएपछि नाम नाम जुराइने बताएकी छिन् । चलचित्रमा नयाँदेखि पुरानासम्म चलेका कलाकारले अभिनय गर्ने भनिएपनि रेखा अफैंले चाहिँ अभिनय गर्ने नगर्ने भन्ने बारे खुलाएकी छैनन् । 

 Image