Successfully Copied

अन्तर्राष्ट्रिय मंचमा नेपाली बालिकालाई अवार्ड

गत जून २६ देखि जुलाई १ तारिखसम्म सिंगापुरमा संचालन भएको बालबालिका तथा किशोरकिशोरी सम्बन्धीत अन्तर्राष्ट्रिय कार्यक्रम एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल २०१९ मा टिम नेपालले सफलता प्राप्त गरेको छ । जसमा नेपालबाट पााच जना बालिकाहरुको सहभागिता रहेको थियो ।

गत जून २६ देखि जुलाई १ तारिखसम्म सिंगापुरमा संचालन भएको बालबालिका तथा किशोरकिशोरी सम्बन्धीत अन्तर्राष्ट्रिय कार्यक्रम एशिया प्यासिफिक ब्युटी, फेसन एण्ड फ्रेन्डशीप फेस्टिभल २०१९ मा टिम नेपालले सफलता प्राप्त गरेको छ । जसमा नेपालबाट पााच जना बालिकाहरुको सहभागिता रहेको थियो । टिम नेपालको सदस्यहरुमा यांशु श्रेष्ठ, सुखी प्रधान, कृष्टिना खड्का, स्टेला शाह र मिनाल के.सी. थिए । 

उल्लेखीत कार्यक्रम अन्तर्गतको प्रतियोगितामा ११ वर्षिया कृष्टिना खड्काले लिटिल एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को उपाधि जितेकी छिन् भने ८ वर्षिया स्टेला शाहले मिनी एशिया प्यासिफिक प्रिन्सेस् २०१९ को अवार्ड विजेता बनेकी छिन् । यसैगरी ११ वर्षिया यांशु श्रेष्ठले प्रिटिन समूहमा फस्ट रनर अप तथा वेष्ट पर्सनालिटी र वेष्ट इन बीच स्वीम वेयर जित्न सफल भइन् । प्रतियोगितामा ८ वर्षिया मिनाल के.सी.ले वेष्ट स्माइल अवार्ड प्राप्त गरिन् भने ९ वर्षिया सुखी प्रधानले वेष्ट पार्टी वेयरको अवार्ड जितिन् । उनी ट्यालेन्ट पर्फमेन्स तर्फ दोस्रो स्थानमा रहन सफल भइन् । 

सो प्रतियोगितामा सहभागि हुनुपूर्व सबै सहभागिहरुले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता सम्बन्धीत अभिमूखीकरण र प्रशिक्षण प्राप्त गरेका थिए । यी पााचै जना नेपाली प्रतिधिनिहरु इन्टरनेसनल किडस् अफ इयरका लागि नेपालको आधिकारिक संस्था इभेन्ट बेटर ग्यालेक्सीको संयोजन र व्यवस्थापनमा सिंगापुर प्रस्थान गरेका हुन् । 

 

 Image