Successfully Copied

व्यस्त जीवनमा परमानेन्ट मेकअप

परमानेन्ट आइलाइसिस अर्थात् परेला एक्सटेन्सन : कसैकसैको आइलाइसिस झरेर पातलो त कसैको छोटो हुन्छ । परमानेन्ट मेकअपअन्तर्गत आइलाइसिसलाई एक्सटेन्सन गरेर आफूले चाहेजस्तै बाक्लो एवं लामो बनाउन सकिन्छ । 

महिलाहरू सुन्दर देखिन फेसनमा भित्रिएका नयाँ–नयाँ टेक्निक तथा ट्रेन्ड फलो गर्न कन्जुस्याइँ गर्दैनन् । अहिले परमानेन्ट मेकअपको ट्रेन्डले पनि बजार लिइरहेको छ । यो ट्रेन्डको सुरुवात जर्मनीबाट भएको हो जुन अहिले संसारभर फैलिरहेको छ । परमानेन्ट मेकअप मेकअपको स्थायी विकल्प हो । सुन्दर देखिन यसको प्रयोग गर्नेहरूको संख्या बढ्दो छ । आकर्षक देखिन जसलाई पनि मन लाग्छ तर फुर्सद नभएकै कारण हरेक दिन समय दिई मेकअप गरिरहन भ्याइँदैन । परमानेन्ट मेकअप यस्तै व्यस्त महिलाहरूको च्वाइसमा परेको छ । परमानेन्ट मेकअपमा आइब्रोजको सेप, माइक्रो ब्लेडिङ, लिपको कलर चेन्ज, तिल कोठी लगाउने, आइलाइसिस एक्सटेन्सन आदि पर्छन् । यो मेकअप टेम्पोररी वा परमानेन्ट टाटुजस्तै हुन्छ । यो प्रोसेसमा माइक्रोपिगमेन्टेसनको शैली प्रयोग हुन्छ । यो मेकअप विशेषज्ञबाट मात्र गराउनुपर्छ । मेकअपका लागि नयाँ तथा सफा उपकरण मात्र प्रयोग गर्नुपर्छ । उपकरण प्रयोग गर्नुअघि त्यसलाई राम्रोसँग स्टेराइलेज गरेर कीटाणु मुक्त तुल्याउनुपर्छ । 

परमानेन्ट मेकअपको पनि एक्सपायरी डेट हुन्छ । यो मेकअप पनि समयसँगै फिक्का हुँदै जान्छ । त्यसैले समय–समयमा टचअप गराउनु जरुरी हुन्छ । मेकअप ट्रेन्डहरू समयसँगै परिवर्तन भैरहने हुँदा यसमा क्लासी मेकअप उपयुक्त हुन्छ । क्लासी मेकअप स्टाइल कहिल्यै आउट अफ फेसन हुँदैन । परमानेन्ट मेकअप एउटा पातलो सुईको मद्दतले स्किनको सबैभन्दा बाहिरी लेयरमा कलर्स राखेर गरिन्छ । परमानेन्ट मेकअप धेरै तरिकाको हुन्छ । अलग–अलग अङ्गमा अलग–अलग तरिकाले यो मेकअप सम्पन्न गरिन्छ । 

आइब्रोज ः आइब्रोजलाई परमानेन्ट सेप दिन आइब्रोज पोलिस प्रयोग गरिन्छ । मेसिनको माध्यमबाट आइब्रोलाई सुन्दर सेपमा ढालिन्छ । त्यसपछि आइब्रोज जस्ताको त्यस्तै सेपमा रहन्छ । 

लिप्स सेप ः ओठलाई आकर्षक सेप दिन परमानेन्ट लिप सर्जरी गरिन्छ । यो सर्जरीको मद्दतबाट आफ्नो चाहनाअनुसार ओठको सेप मिलाउन सकिन्छ । 

कलरफुल लिप्स ः ओठलाई कलरफुल बनाउन परमानेन्ट लिपिस्टिक प्रयोग गरिन्छ । यसमार्फत लिप कम्तीमा ३–४ महिना त्यही कलरमा रहन्छ ।

 तिल कोठी ः आफ्नो अनुहारको कुनै भागमा कोठी बनाउन चाहनेहरूले परमानेन्ट कोठी बनाउन सक्छन् । 

परमानेन्ट आइलाइसिस अर्थात् परेला एक्सटेन्सन ः कसैकसैको आइलाइसिस झरेर पातलो त कसैको छोटो हुन्छ । परमानेन्ट मेकअपअन्तर्गत आइलाइसिसलाई एक्सटेन्सन गरेर आफूले चाहेजस्तै बाक्लो एवं लामो बनाउन सकिन्छ । 

एयर मेकअप ब्रस 

यो प्रचलित मेकअप शैलीभन्दा फरक किसिमको मेकअप हो । यो भर्खरै ट्रेन्डमा आएको आधुनिक मेकअप पनि हो । यो सामान्य अर्थात् हलुका ढंगले गरिने मेकअप हो । प्रचलित मेकअपमा प्रयोग गरिने स्पन्ज र ब्रसमै एयरगनको सहयोग लिई यो मेकअप गर्न सकिन्छ । एयरगनमार्फत फाउन्डेसन अर्थात् ब्लसर अनुहारमा स्प्रे गरी हलुका ढंगले प्रयोग गरिन्छ । यो मेकअपले अनुहारको दाग अर्थात् कत्ला छोपिदिन्छ । यो मेकअप गरेपछि हाई डेफिनेसन क्यामेराले फोटो खिच्दा पनि अनुहारमा छोपिएको कुनै दाग देखिँदैन । प्रभावकारी एवं आकर्षक भएकै कारण किशोरी तथा महिलाहरू एयर ब्रस मेकअपको जादुमा लट्ठिएका छन् । हात, स्पन्ज तथा ब्रसको सहायताले गरिने परम्परागत मेकअप लामो समय टिकाउन घरिघरि मेकअप थप्नुपर्ने, लतपतिने र छिट्टै बिग्रने सम्भावनालाई एयर ब्रस मेकअपले टारिदिएको छ । 

मेकअप गर्नुपूर्व फेस करेक्सन र वेस प्रमुख मानिन्छन् । यी दुई कुरामा जति ध्यान दिन सकिन्छ मेकअप उति नै भरपर्दो र आकर्षक हुन्छ । मोटो अनुहारलाई पातलो र पातलो अनुहारलाई मोटो देखाउन सक्नु सौन्दर्यकर्मीको कला हो । अहिलेको मेकअपमा अनुहारलाई भी सेप दिने चलन छ । यो स्टाइलले युवतीहरूलाई सेक्सी लुक्स प्रदान गर्ने भएका कारण पनि भी फेसकटमा धेरैको मन तानिएको हो । 

 Image