Successfully Copied

थाइल्याण्डमा अन्चुको डिजाईन

अन्तर्राष्ट्रिय स्तरमा नेपाली मोडल तथा डिजाइनरहरुको उफस्थिति विस्तारित र बाक्लिने क्रम बढ्दो छ । यही त्रममा हालै थाइल्याण्डको बैंकक शहरमा सम्पन्न दुई दिने थाइल्याण्ड इन्टरनेसनल फेसन फेस्टमा नेपाली डिजाइनर अन्चु पाण्डे र मिष्टर मोडल अफ द वर्ल्ड २०१८ दिक्पाल कार्कीको उपस्थिती रह्यो । 

थाइल्याण्डको बैंकक शहरस्थित जिएमएम ग्रामी प्लेस अशोकमा संचालन भएको सो फेसन फेस्टमा नेपाली मोडल दिक्पाल कार्कीले नेपाली डिजाइनर अन्चु पाण्डे तथा थाई डिजाइनरहरुका पहिरनलाई प्रस्तुत गरेका थिए । नेपाली डिजाइनर अन्चु पाण्डेले नेपालको साँस्कृतिक विविधताबाट प्रभावित पहिरनहरु संगै फर्मल वेयरका कलेक्सनलाई प्रस्तुत गरेका थिए । 

उक्त फेसन कार्यक्रममा विभिन्न देशका मोडलहरु देखि किड्स मोडलहरुले रनवे प्रस्तुति दिएका थिए । सो कार्यक्रम थाइल्याण्ड स्थित अल्टिच्युड इन्टरनेसनल ग्रुपले आयोजना गरेको थियो भने सो कार्यक्रममा नेपालस्थित ड्रिम सर्च एजेन्सीको सहकार्य र समन्वय रहेको थियो । 

 Image