Successfully Copied

प्रितमलाई वान्स मोर

रियालिटी शो सारेगमप लिटिस चाम्स–२०१९ को सेकेन्ड रनर्सअप भएपछि पहिलो पटक विराटनगर टेकेका प्रितमलाई देखेपछि सबै रमाउन थाले । आफ्नो पर्खाइमा रहेका समर्थकहरूलाई आचार्यले विभिन्न चर्चित गीत सुनाए । उनले हिन्दी गीत ‘तडप तडप के इस दिल से’ गाउँदा सहभागीहरूले वान्स मोरको जोडदार हुटिङ गरे ।

तराई क्षेत्रमा बढेको उखरमाउलो गर्मीको कुनै परवाह नगरी विराटनगरस्थित एक होटलमा दर्शकको भीड बढ्दै थियो । बालगायक प्रितम आचार्य आउने भएपछि धेरैले गर्मीको वास्ता पनि गरेनन् । प्रितम आइतबार दिउँदो स्टेजमा उक्लिए । दर्शकको हुटिङ बढ्यो ।

रियालिटी शो सारेगमप लिटिस चाम्स–२०१९ को सेकेन्ड रनर्सअप भएपछि पहिलो पटक विराटनगर टेकेका प्रितमलाई देखेपछि सबै रमाउन थाले । आफ्नो पर्खाइमा रहेका समर्थकहरूलाई आचार्यले विभिन्न चर्चित गीत सुनाए । उनले हिन्दी गीत ‘तडप तडप के इस दिल से’ गाउँदा सहभागीहरूले वान्स मोरको जोडदार हुटिङ गरे । प्रितमले उक्त गीत दुई पटक गाएपछि माहोल थप तात्तिएको थियो । 

 Image