Successfully Copied

मलाई मनपर्ने रंग

पहेंलो रंगलाई दुई थरि अर्थले हेरिन्छ । एक अर्थमा खुसी, सकरात्मकता, स्पष्टता, ऊर्जा एवं ज्ञानका रूपमा भने अर्कातिर यसले खतरा र छलको पनि प्रतिनिधित्व गर्छ । यो रंग प्राइमरी रंगमध्ये एक हो । त्यसैले पहेंलो रंगविना कुनै पनि चित्र पूरा गर्न सकिँदैन ।

सपना पौडेल महर्जन, पौभा कलाकार

रातो 

रातो रंगलाई आगो र रगतको रंग मानिन्छ । यो रंग ऊर्जा, खतरा, शक्ति, इच्छा तथा प्रेमसँग सम्बन्धित छ । रातो भावनात्मक रंग पनि हो । त्यसैले म रातो रंगसँग बढी खेलिरेहकी हुन्छु । देवी–देवताको चित्र कोर्दा म यो रंग प्रयोग नगर्ने कल्पना पनि गर्न सक्दिन । सिन्दूर, प्रेम, मोह, ओठको मुस्कान, शक्ति एवं संस्कृतिको प्रतीकका रूपमा म रातो रंग प्रयोग गरिरहेकी हुन्छु ।

हरियो 

हरियो रंग प्रकृतिसँग जोडिन्छ । हरियो रंग जीवन, नवीकरण, सुरक्षा अनि प्रजनन्सँग पनि सम्बन्धित छ । हरियो रंग मेरा धेरैजसो चित्रमा प्रयोग हुने रंग हो ।

नीलो 

नीलो रंग आकाश र समुद्रको रंग हो । नीलो रंग गहिरो सम्बन्ध र स्थिरतासँग पनि जोडिएको हुन्छ । यसले मानिसलाई विश्वास, बफादारी, आत्मविश्वास र शान्त भाव दिन्छ । नीलो रंग म बढी नै प्रयोग गरिरहेकी हुन्छु । 

प्याजी

प्याजी रंग रोयल्टी, लक्जरी शक्ति र महत्वाकांक्षासँग जोडिन्छ । सम्मान, भव्यता, भक्ति एवं रहस्यको प्रतीकका रूपमा पनि म प्याजी रंग प्रयोग गरिरहेकी हुन्छु ।

पहेंलो

पहेंलो रंगलाई दुई थरि अर्थले हेरिन्छ । एक अर्थमा खुसी, सकरात्मकता, स्पष्टता, ऊर्जा एवं ज्ञानका रूपमा भने अर्कातिर यसले खतरा र छलको पनि प्रतिनिधित्व गर्छ । यो रंग प्राइमरी रंगमध्ये एक हो । त्यसैले पहेंलो रंगविना कुनै पनि चित्र पूरा गर्न सकिँदैन ।

सुन्तला

यसलाई आनन्द, गर्मी, उत्साह, रचनात्मकता, सफलता, प्रोत्साहन, परिवर्तन, उत्तेजना, कामुकता एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ । मेरा चित्रमा सुन्तला रंग पनि उत्तिकै प्रयोग भैरहेको हुन्छ ।

 

 Image