Successfully Copied

आयुष्माको बालगीत मेरी बहिनी 

नेपाल बालसाहित्य समाजको ‘बालप्रतिभा पुरस्कार – २०७५’ बाट पुरस्कृत ११ वर्षे आयुष्मा तिवारीको बाल गीत ‘मेरी बहिनी’को भिडियो सार्वजनिक भएको छ । प्रयुषा न्यौपानेको स्वर रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ ।

पछिल्लो समय बालबालिकाहरु विदेशी कार्टुन र गीतहरुको प्रभावमा परिरहेको समयमा नेपाली गीतमानै कार्टुनको प्रयोग गरेर फरक खालको गीत बालबालिकाका लागि बजारमा ल्याइएको हो । 

जसमा एउटी दिदीले आफ्नी सानी बहिनीको बाल स्वभाव, श्रृजनशिलता, लगायतका आनी बानीलाई वर्णन गरेको कुरालाई नजिकबाट केलाइएको  छ । मिलन श्रेष्ठ र केशव पाण्डेले एनिमेशन गरेको भिडियोलाई साना साना नानीहरुलाई लक्षीत गरेर निर्माण गरिएको आयुष्माले बताइन् ।

अत्यन्त जिज्ञासु स्वभावकी आयुष्माले सृजना गरेको मेरी बहिनी बोलको गीत सार्वजनिक गरिएसागै बालबालिकाका लागी प्रेरक भइरहेको प्रतिक्रिया आइरहेको छ ।

मेरी बहिनीको म्यूजिक भिडियो :

 Image