Successfully Copied

डिएसए स्टारका विजेता

बाबा एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतीकरणमा शनिवार काठमाडौंमा सम्पन्न ‘डिएसए स्टार–२०१९’ शीर्षकको प्रतियोगितामा प्रि–टिनतर्फ लसता महर्जनले डिएसए डान्सिङ स्टार, प्रसुन जंग पोखरेलले डिएसए सिङ्गिङ स्टार तथा सञ्जिता न्यौपानेले डिएसए एक्टिङ स्टारको उपाधि जित्न सफल भएका छन् ।

बाबा एजुकेसन कन्सल्टेन्सीको प्रस्तुतीकरणमा शनिवार काठमाडौंमा सम्पन्न ‘डिएसए स्टार–२०१९’ शीर्षकको प्रतियोगितामा प्रि–टिनतर्फ लसता महर्जनले डिएसए डान्सिङ स्टार, प्रसुन जंग पोखरेलले डिएसए सिङ्गिङ स्टार तथा सञ्जिता न्यौपानेले डिएसए एक्टिङ स्टारको उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगिताको जुनियरतर्फको प्रतिस्पर्धामा वेश्ना पनेरुले डिएसए डान्सिङ स्टार तथा यनकुमार पौडेलले डिएसए सिङ्गिङ स्टारको उपाधि जित्न सफल भएका छन् । परिवर्तन इभेन्ट हाउसको व्यवस्थापनमा सुनौलो सपना नेपालद्वारा गत शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित उक्त प्रतियोगितामा काठमाडौंको विभिन्न विद्यालयमा अध्ययरन विभिन्न उमेर समुहका १ सय ५ जना बालबालिकाहरुले सहभसागिता जनाएका थिए ।

प्रतियोगिता अन्तर्गत प्रि–टिनतर्फको डान्सिङ स्टारको फस्ट रनर्स अपको उपाधि सजल थापा मगरले जिते भने सेकेण्ड रनर्स अपको उपाधि सन्ध्या रिमालले जितिन् । त्यसपछिका चार उपाधिमा क्रमशः सरहाना महर्जन, दिपेश दुधराज, समन तिवारी तथा श्रृजना भण्डारी विजयी भए । प्रि–टिनतर्फ कै सिङ्गिङ स्टारमा सुप्रिया तामाङले फस्ट रनर्स अप तथा उज्वल नहर्कीले सेकेण्ड रनर्स अपमा चित्त बुझाए ।

जुनियरतर्फ डान्सिङ स्टारको फस्ट रनर्स अपको उपाधि इशा शाही ठकुरीले जितिन् भने रितिशा बुढाथोकीले सेकेण्ड रनर्स अपको उपाधि जितिन् । कृपा गिरी, यावेश लामा तथा एञ्जिलिना खड्गीले क्रमशः थर्ड, फोर्थ तथा फिफ्थ रनर्स अपको उपाधिमा चित्त बुझाए । सिङ्गिङ स्टारतर्फ निशान बुढाथोकी तथा सम्पन्न थापाले फर्स्ट रनर्स अप तथा सेकेण्ड रसर्न अपको उपाधि जिते ।

चोकोफनको सहयोगमा सम्पन्न प्रतियोगितामा  इभर भिजन स्कूल तथा ब्राइट फ्यूचर स्कूलले सहकार्य गरेका थिए । अभिनेता सरोज खनालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा कलाकार अशोक धिताल मुख्य निर्णायक थिए भने गायनतर्फ शशिविक्रम थापा, नृत्य तथा अभिनयतर्फ महादेव त्रिपाठी तथा नृत्यतर्फ नै आरती श्रेष्ठ निर्णायक थिए । अंकित मानन्धरद्वारा कोरियोग्राफी गरिएको प्रतियोगितामा अनिषा खत्री, सुलभ थापा मगर तथा सुनिल थापा महर डान्स कोरियोग्राफरको रुपमा रहेका थिए । मिलन भट्ट गायन प्रशिक्षकको रुपमा सहभागि थिए । 

 Image