Successfully Copied

वरिपरि नै सर्वोपरि 

लेखक जीवन प्रसाईंको तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक भएको छ । पब्लिकेशन्स नेपालयको आर शालामा लेखक प्रसाईंले आफ्नो पुस्तक पर्यावरण एवं संस्कृतिविद् डा. ती र्थबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेर त्यसलाई सार्वजनिक गरेका थिए । 

स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईंको तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक भएको छ । पब्लिकेशन्स नेपालयको आर शालामा लेखक प्रसाईंले आफ्नो पुस्तक पर्यावरण एवं संस्कृतिविद् डा. ती र्थबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेर त्यसलाई सार्वजनिक गरेका थिए । 

प्रसाईं अमेरिकामा स्वास्थ्यसम्बन्धी विषयमै अध्ययन–अनुसन्धानमा सक्रिय छन् । उनी बितेका दुई दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका सम्बन्धमा अनुसन्धानरत छन् । 

आधुनिक जीवनशैलीले हामीलाई बदल्दै लगे पनि हाम्रो वरपरको वातावरण र परम्परागत मान्यता पनि उत्तिकै जरुरी छ भनेर यो पुस्तक लेख्न उत्साहित भएको लेखक प्रसाईंले बताए । 

‘जैविक विविधताले हामी यति सम्पन्न छौं कि हाम्रा निम्ति अत्यन्त महत्वपूर्ण चीजहरू हाम्रै वरिपरि छन्,’ प्रसाईंले भने–‘त्यो महत्व बुझाउनकै लागि पनि आफूले यो पुस्तक तयार पारेको उनले बताए ।

 Image