Successfully Copied

खुत्रुके आर्ट

खास्की, पोलिस, पेन्ट तथा आर्टपछि तयार हुने यी खुत्रुके एक हप्तामा तयार हुन्छन् । त्यति समयमा जस्तोसुकै कन्सेप्टका चित्रसहितका खुत्रुके तयार पार्न सकिने मेलिना बताउँछिन् । सबैले इन्टेरियर डिजाइनर भएर पनि किन यसमा लागेको भन्छन्, तर शाक्य आफ्नो कलाप्रतिको रुचिलाई खुत्रुके पेन्टिङमार्फत भए पनि निरन्तरता

खास्की, पोलिस, पेन्ट तथा आर्टपछि तयार हुने यी खुत्रुके एक हप्तामा तयार हुन्छन् । त्यति समयमा जस्तोसुकै कन्सेप्टका चित्रसहितका खुत्रुके तयार पार्न सकिने मेलिना बताउँछिन् । सबैले इन्टेरियर डिजाइनर भएर पनि किन यसमा लागेको भन्छन्, तर शाक्य आफ्नो कलाप्रतिको रुचिलाई खुत्रुके पेन्टिङमार्फत भए पनि निरन्तरता दिन पाएकोमा सन्तुष्ट छिन् ।

सानैदेखि पेन्टिङ तथा क्रिएटिभ काममा रुचि राख्ने मेलिना शाक्य पेसाले इन्टेरियर डिजाइनर हुन् । हुन त इन्टेरियर डिजाइनिङ पनि कलाकै एउटा पाटो हो तर मेलिनालाई भने सानैदेखिको रुचि पेन्टिङलाई पनि सँग–सँगै अघि बढाउने चाहना थियो । केही नयाँ काम गरेर पेन्टिङलाई पनि निरन्तरता दिने उनको सोच थियो । त्यसका लागि उनले पहिलेदेखि नेपाली बजारमा चलिआएका माटोका खुत्रुकेलाई माध्यम बनाइन् ।

माटोका खुत्रुके भन्नासाथ त्यसमा नेपालीपन त पाइन्छ तर अहिले प्लास्टिक तथा टिनका खुत्रुकेहरूका साथै इबैंकिङ एवं विभिन्न बैंकले ल्याएका बाल बचत कार्यक्रमहरूले खुत्रुकेको मौलिकता हराउन थालेकोमा शाक्य दुःखी थिइन् । परिणामस्वरूप उनले माटोका खुत्रुकेलाई परिमार्जित गर्दै पेन्टिङ कलरले त्यसलाई गिफ्ट आइटमको रूप प्रदान गरिन् । 

सुरुमा मेलिनाले सोसल मिडिया इन्स्टाग्राम तथा फेसबुकमा MS creations पेज खोलेर पेन्टिङ गरिएका खुत्रुके राख्दा त्यसलाई धेरैले रुचाए । मेलिना मानिसको रुचि तथा उमेरअनुसार खुत्रुके पेन्टिङ गर्छिन् । धेरैजसो ग्राहकले नै यो कन्सेप्टमा बनाइदिनू भनेर अडर्र गर्ने मेलिना बताउँछिन् । विदेशबाट आउनेहरूले नेपालको चिनोका रूपमा समेत यस्ता खुत्रुके लाने गरेका छन् । शाक्यले पेन्टिङ गर्ने खुत्रुके ३ साइजका हुन्छन् । सानो, मध्यम तथा ठूलो साइजका ती खुत्रुकेलाई उनले ३९९, ५९९ तथा ६९९ रुपैंयाँमा बिक्री गर्दै आएकी छिन् । 

खुत्रुकेमा ४ कोट पेन्ट गर्नुपर्छ । खास्की, पोलिस, पेन्ट तथा आर्टपछि तयार हुने यी खुत्रुके एक हप्तामा तयार हुन्छन् । त्यति समयमा जस्तोसुकै कन्सेप्टका चित्रसहितका खुत्रुके तयार पार्न सकिने मेलिना बताउँछिन् । सबैले इन्टेरियर डिजाइनर भएर पनि किन यसमा लागेको भन्छन्, तर शाक्य आफ्नो कलाप्रतिको रुचिलाई खुत्रुके पेन्टिङमार्फत भए पनि निरन्तरता दिन पाएकोमा सन्तुष्ट छिन् । मेलिना खुत्रुकेका साथमा फ्रेम आर्ट तथा फ्लावर भासमा समेत पेन्टिङ गर्छिन् ।

सिर्जना दुवाल श्रेष्ठ

 Image