Successfully Copied

लेमन आइस टी

सबैभन्दा पहिले चिनीविनाको कालो चिया तयार गर्ने । त्यसमा कागतीको रस हालेर मज्जाले चलाउने । कागतीको रंग चियामा आउन थालेपछि सुगर सिरप हालेर चलाई ५ मिनेट त्यत्तिकै छाड्ने । केही समय फ्रिजमा राखेपछि सर्भ गर्ने ग्लासमा आइसक्युब अनि कागतीका दुई टुक्रा हालेर तयार लेमन टीलाई विस्तारै

लेमन आइस टी

सामग्री : कागतीको रस १५ मिलिलिटर, सुगर सिरप १५ मिलिलिटर, फ्रेस टी (चियाको रस) १ सय ५० मिलिलिटर, आइसक्युब ८–१० वटा तथा पुदिनाको पात ५–६ वटा । 

विधि : सबैभन्दा पहिले चिनीविनाको कालो चिया तयार गर्ने । त्यसमा कागतीको रस हालेर मज्जाले चलाउने । कागतीको रंग चियामा आउन थालेपछि सुगर सिरप हालेर चलाई ५ मिनेट त्यत्तिकै छाड्ने । केही समय फ्रिजमा राखेपछि सर्भ गर्ने ग्लासमा आइसक्युब अनि कागतीका दुई टुक्रा हालेर तयार लेमन टीलाई विस्तारै ग्लासमा खन्याउने । ग्लास आधा भरिएपछि चिसो पानी हालेर माथिबाट पुदिनाको पातले सजाउने । 

फ्रेस मोइटो

सामग्री : कागतीको रस १५ मिलिलिटर, सोडा १ सय ८० मिलिलिटर, सुगर सिरप १५ मिलिलिटर, आइसक्युब १० वटा तथा पुदिनाको पात ३–४ वटा ।

विधि : एउटा ग्लासमा पुदिनाको ५–६ वटा सफा पात हाल्ने । त्यसमा क्रमशः सोडा, सुगरसिरप, कागतीको रस अनि आइसक्युब मिसाउने अनि तलदेखि माथिसम्म क्रस गर्दै चलाएर सर्भ गर्ने । 

मसला मोइटो

सामग्री : सोडा १ सय ८० मिलिलिटर, कागतीको रस १५ मिलिलिटर, आइस क्युब ८–१० वटा, सुगर सिरप १५ मिलिलिटर, जलजिरा पाउडर ८ ग्राम तथा पुदिनाको पात ३–४ वटा । 

विधि : पुदिनालाई पिस्ने अनि जलजिरा र पिसेको पुदिनालाई जगमा हाल्ने र पुदिनाका २ वटा सिंगो पात त्यसमा राख्ने । क्रमशः कागतीको रस र सोडा हालेर चलाउने । सर्भ ग्लासमा आइसक्युब र पुदिनाको पात हालेर जगबाट आवश्यक मात्रामा खन्याउने । यो गर्मीमा घरमै तयार पारी फ्रेस हुन सकिने पेय पदार्थमध्ये एक हो । गर्मीमा शीतलता दिने भएकाले पुदिनाको प्रयोग फाइदाजनक हुन्छ ।

 Image