Successfully Copied

मिसेज टप अफ द वर्ल्डमा उपाधि 

लाटभियाको रिगा सहरमा २०१९ मे २९ देखि जून २ तारिखसम्म सञ्चालित उक्त प्रतियोगितामा अलिनाले फोर्थ रनर्सअपको उपाधि प्राप्त गरेकी थिइन् । उनले प्रतियोगितामा मिसेज स्माइलको एवार्डसमेत जितिन् ।

विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेज टप अफ द वर्ल्ड–२०१९ मा नेपाली सहभागी अलिना शाक्य तुलाधरले सफलता हात पारेकी छिन् । लाटभियाको रिगा सहरमा २०१९ मे २९ देखि जून २ तारिखसम्म सञ्चालित उक्त प्रतियोगितामा अलिनाले फोर्थ रनर्सअपको उपाधि प्राप्त गरेकी थिइन् । उनले प्रतियोगितामा मिसेज स्माइलको एवार्डसमेत जितिन् ।

मिसेज टप अफ वर्ल्ड–२०१९ मा सहभागी हुनुपूर्व अलिनाले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगितासम्बन्धी प्रशिक्षण प्राप्त गरेकी थिइन् । प्रतियोगिताका लागि अलिनाको वार्डरोबको डिजाइन ड्रिम फेसन वेयरकी डिजाइनर मन्जु बन्जारा ढकालले गरेकी थिइन् । 

स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी अलिना हाल सिभिल ग्रुपमा आबद्ध छिन् भने उनी ब्युटिसियन पनि हुन् । मिसेज टप अफ द वर्ल्डमा यसअघि (२०१५ मा) रजनी थापाले फोर्थ रनर्सअप तथा मिसेज डायमन्ड अफ द वर्ल्डको एवार्ड जितेकी थिइन् ।

 Image