Successfully Copied

घरेलु उपचारबाट समस्या हटाऔं

यदि कुहिना र घुँडा कालो छ भने त्यसले व्यक्तित्व एवं आत्मविश्वासमा असर पुर्‍याउँछ । त्यसैले सधैं लङ स्लिप सर्ट्स तथा फुल लेन्थ लगाउनुपर्ने बाध्यता हुन्छ । त्यसै पनि कसैको कुहिना र घुँडामा कमैले ध्यान दिन्छन् । कुहिना र घुँडामा डेड स्किन जम्मा भएका कारण छाला कालो

कालो कुहिना र घुँडा : यदि कुहिना र घुँडा कालो छ भने त्यसले व्यक्तित्व एवं आत्मविश्वासमा असर पुर्‍याउँछ । त्यसैले सधैं लङ स्लिप सर्ट्स तथा फुल लेन्थ लगाउनुपर्ने बाध्यता हुन्छ । त्यसै पनि कसैको कुहिना र घुँडामा कमैले ध्यान दिन्छन् । कुहिना र घुँडामा डेड स्किन जम्मा भएका कारण छाला कालो हुन्छ । कागती रगडेर कुहिना तथा घुँडाको कालोपन हटाउन सकिन्छ । त्यसपछि तिलको तेल लगाउँदा थप फाइदा हुन्छ । 

घाँटीको झोल्लिएको छाला 

मुहारको छालामा विशेष ध्यान पुर्‍याए पनि घाँटीको छालाप्रति त्यति वास्ता गरिँदैन । गर्दनको छाला मुहारको भन्दा बढी कोमल हुन्छ र त्यसमा फ्याट सेल्स पनि कम हुन्छ । त्यसैले उक्त ठाउँ चाँडै झोल्लिन्छ र ड्राइनेस, प्रिमेच्योर एजिङ, फाइन लाइन्स, डिसकलरेसन आदि समस्यासमेत सिर्जना हुन्छन् । यी समस्याबाट जोगिने उत्तम उपाय भनेको छालालाई राम्रोसँग कुलीन, एक्सफोलिएट तथा मोइस्चराइज गर्नु हो । 

हातमा एजिङ : उमेर बढेसँगै त्यसको प्रभाव हातमा देखिन्छ । यसलाई कम गर्न हातमा नियमित रूपमा मोइस्चराइजिङ लोसन प्रयोग गर्नुपर्छ । घाममा निस्कनुपूर्व एसपीएफm–१५ युक्त सनस्त्रिन प्रयोग गर्नु उपयुक्त हुन्छ । 

खुट्टामा ट्यानिङ : खुट्टालाई सफा राख्न हरेक दिन बिराएर प्युमिक स्टोनले रगड्नुपर्छ । सुत्नुपूर्व राम्रोसँग मोइस्चराइजर प्रयोग गर्नुपर्छ । 

डार्क सर्कल : स्ट्रेस, निद्राको कमी तथा सही डाइट सेवन नगर्दा डार्क सर्कल्सको समस्या हुन्छ । यसलाई हटाऊन काँक्राको टुत्रा काटेर हरेक दिन बिहान १०–१५ मिनेट आँखामा राख्ने । यसमा टी ब्याग पनि फाइदाजनक साबित हुन्छ । 

सुख्खा केश : सही मोइस्चर प्राप्त नहुँदा केश सुख्खा हुन पुग्छ र सही तरिकाले सेट हुन पाउँदैन । त्यसले सातामा कम्तीमा एकपटक डिप कन्डिसनिङ गर्नुपर्छ । ओलिभ आयल तथा अण्डा मिसाएर बनाइएको हेयर मास्क पनि लाभदायक हुन्छ । 

केश झर्नु : लगातार घाम वा प्रदूषणको सम्पर्कमा रहँदा केश झर्छ । गलत डाइट पनि केश झर्ने कारण हुनसक्छ । यसलाई रोक्न सातामा दुईपटक नरिवलको तेलले केश मसाज गर्नुपर्छ । यसबाट केशको ग्रोथ राम्रोसँग हुनुका साथै केश नरमसमेत हुन्छ । तनाव कम गर्न योग, ध्यान आदि गर्न सकिन्छ । 

नङमा दाग : यदि दैनिक नेलपोलिस लगाउने बानी छ भने नङमा पहेंलो दाग देखा पर्छ । यसलाई स्वस्थ राख्ने उपाय भनेको केही समय त्यसै छाड्ने हो । दाग हल्का गर्न तातोपानीमा थोरै सिरका हालेर वा साबुन मिसाएर केही समय डुबाउने । करिब २० मिनेटपछि, फरक देखिन्छ । अर्को उपाय कागतीको बोक्रा नङमा रगड्नु हो । यसले पहेंलो नङको समस्यासमेत निराकरण गर्छ ।

 

 Image