Successfully Copied

मातृत्वको सम्मान गर्न जाने रोकिन्छ अराजकता

आधुनिकता र विकासका नाममा धेरै जानकारी, सूचना र शिक्षाको सुविधा उपलब्ध हुँदाहुँदै पनि व्यक्ति द्विविधामा बाँच्न विवश छ किन ? एउटी आमाले सन्तानलाई जन्म दिएपछि प्रेम के हो उनलाई सिकाउनुपर्छ ? अवश्य पर्दैन, मातृत्वसँगै प्रेमको भाव आफै फक्रिएर आउँछ ।

आधुनिकता र विकासका नाममा धेरै जानकारी, सूचना र शिक्षाको सुविधा उपलब्ध हुँदाहुँदै पनि व्यक्ति द्विविधामा बाँच्न विवश छ किन ? एउटी आमाले सन्तानलाई जन्म दिएपछि प्रेम के हो उनलाई सिकाउनुपर्छ ? अवश्य पर्दैन, मातृत्वसँगै प्रेमको भाव आफै फक्रिएर आउँछ । कसरी नानीको स्याहार गर्ने, कसरी ख्वाउने, पियाउने, ममता प्रदान गर्ने ती गुण भित्रबाट आफै प्रस्फुटन भएर आउँछ कुनै शैक्षिक संस्थाको तालिमको आवश्यकता पर्दैन । 

 

विश्व नै वातावरणीय प्रदूषण, नकारात्मक विचारको प्रभावले अराजकता, स्वार्थपूर्ण सम्बन्ध, छलकपट, अशान्ति र भ्रष्टाचारले आक्रान्त भैरहँदा नारीत्व र मातृत्वको प्रदूषणरहित, स्वार्थरहित प्रेम र सम्बन्धले यो पृथ्वीको अस्तित्व बचाएको छ भन्दा अनुपयुक्त हुँदैन । यही ममतापूर्ण व्यवहार र यस्तै निःस्वार्थ सम्बन्ध सबैतिर हुन सक्ने हो भने विश्वमा युद्धको आवश्यकता पर्ला ? अवश्य पर्दैन । धर्ती वा पृथ्वीको उपमा पाएकी आमा अर्थात् नारीत्वको गुण सबै महिलामा कायम रहन सके र त्यसको गुणवत्ता हरेक घर, समाज र राष्ट्रमा प्रयोग हुन सके पनि मानिसले दुःखको अनुभूति गर्नुपर्दैन ।

जसरी एउटी आमाले आफ्नै सन्तानमाथि लालसा, ईर्ष्या वा द्वेष प्रकट गर्न सक्दिनन् त्यसैगरी हरेक नारीले हरेक क्षेत्रमा शीतलता, मधुरता, सहनशीलता, कोमलता, दया र प्रेमभाव मात्र दर्शाउने प्रयास गरे अराजक समाजमा सकारात्मक ऊर्जा संचार गर्न सहयोग पुग्छ । आधुनिकता र विकासका नाममा धेरै जानकारी, सूचना र शिक्षाको सुविधा उपलब्ध हुँदाहुँदै पनि व्यक्ति द्विविधामा बाँच्न विवश छ किन ? एउटी आमाले सन्तानलाई जन्म दिएपछि प्रेम के हो उनलाई सिकाउनुपर्छ ? अवश्य पर्दैन, मातृत्वसँगै प्रेमको भाव आफै फक्रिएर आउँछ । कसरी नानीको स्याहार गर्ने, कसरी ख्वाउने, पियाउने, ममता प्रदान गर्ने ती गुण भित्रबाट आफै प्रस्फुटन भएर आउँछ कुनै शैक्षिक संस्थाको तालिमको आवश्यकता पर्दैन ।

यसको अर्थ हो जुन कुरा अविनाशी छन् ती हामीभित्रबाटै प्रस्फुटन हुन्छन् । जो विनामूल्य मिलेका छन् तिनै स्थायी छन् र जीवन ऊर्जा प्रदान गर्ने खालका छन् । आमाको मातृत्व र आमाले एउटा सन्तानमा देख्न चाहेको सपना सबैले पूरा गर्न सके मात्र पनि राष्ट्रमा भ्रष्टाचार र अनैतिकता बढ्न पाउने थिएन । हामीले नैतिक शिक्षा त बिर्स्यौं तर मातृत्व प्रेम र जीवनमा मातृत्वको योगदान मात्र स्मरण गर्न सक्ने हो भने पनि व्यक्ति अराजक र दुष्ट प्रवृत्तिको हुन सक्दैन । 

आफ्नो सन्तानले घूस खाएर सम्पत्ति कमाऊन्, बदमासी गरेर पुलिस थानामा पुगून्, स्वार्थी र लुटाहा प्रवृत्ति राखेर ठगीफसी मुद्दा–मामिला झेलून् यो कुनै पनि आमालाई सह्य हुँदैन । चोरेर ल्याएको गास र कपास कुनै पनि आमालाई स्वीकार्य हुँदैन । आफ्नो सन्तान ठूलो पदमा पुगून् र धेरै धन–सम्पत्ति कमाऊन्, दुनियाँले चिन्ने प्रतिष्ठित व्यक्ति बनून् भन्ने इच्छा हरआमाको हुन्छ । सन्तानले कमाओस्, आर्जन गरोस् तर इमान्दारिताका साथ । ठूलो मान्छे होइन असल मान्छे बनोस्, सबैलाई सहयोग गर्ने परोपकारी र असल आचरणको सन्तान बनेर आमाबुवालाई गर्व गर्ने बनाओस् यो सबै आमाको इच्छा हो । आमाले आना सन्तान बिग्रिएको पटक्कै देख्न सक्दिनन् ।

जन्मैदेखि जीवनभर आमाको स्नेह र योगदानको कदर र सम्मान मात्र गर्न जाने पनि व्यक्ति अराजक र भ्रष्टाचारी बन्न सक्दैन । समुıरूपी हृदयमा छचल्किने मातृत्व प्रेमले नकारात्मक बाटोमा अग्रसर हुन कदापि प्रेरित गर्दैन । सम्पूर्णता र विविधतामा पनि एकता भएको मातृत्व प्रेमले सबै सन्तानलाई सही पथमा लाग्न प्रेरित गरिरहनुपर्ने हो तर किन आजका बहुसंख्यक मानिसमा अराजकता पाइन्छ ? पविक्रता, सुन्दरता, गुणवत्ताजस्ता गुण मातृत्वबाट सिकेर आएको व्यत्ति पनि कसरी अपवित्र काममा सम्लग्न हुन सक्छ ? एकपटक सबैले आफैप्रति फर्केर हेर्नुपर्ने आवश्यकता छ ।

जीवनभर जति अराजक भए पनि जीवनको उत्तरार्द्धमा आफ्नो नकारात्मक कर्मका लागि पश्चाताप गर्ने मानिस प्रशस्तै भेटिन्छन् । जीवनमा गनेर नसकिने, भोगेर नसकिने र इच्छा गरेर तृप्ति मिल्ने र नमिल्ने अनि हाम्रो परिभाषाभित्र पर्ने सुख र सन्तुष्टि होस् वा दुःख र सिकायत हजारौं अनुभूति र शब्दले स्थान लिएका छन् । समग्रमा भन्नुपर्दा जन्म, जीवन र मृत्यु (मरण) यी तीन शब्दभित्र मानिसको जीवनको सार लुकेको छ । जन्म–यो पृथिवीमा मानिस भएर पदार्पण गर्नु एउटा भाग्यशाली प्राणीले पाउने सुनौलो अवसर हो जसलाई मातृत्वको अथाह स्नेहले हराभरा बनाइदिएको हुन्छ । जीवन–यात्रा, अनुभव, अनुभूति, सम्बन्ध, सफलता, असफलता आदि अर्थ लगाउँदै भोगिने क्षण ।

त्यसैले मानिस जीवनलाई पूर्णता दिने प्रयास गर्दै अनेक तरहले सम्बन्ध जोड्छ, सम्पत्ति जोड्छ, नाम कमाउँछ, कमाएको चीज अरूले देखोस्, थाहा पाओस् भन्ने पनि मान्छ । भित्र जे भए पनि बाहिर सम्पन्नतामा बाँचेको छु भन्ने पुष्टि गर्न चाहन्छ । जब जीवनको अन्तिम क्षण आउँछ अर्थात् मृत्यु नजिक आउँछ त्यतिबेला उसलाई बोध हुन्छ मैले जीवनभर कमाएको यहीँ छोडेर जाँदैछु । जे–जे कमाएँ, जे–जे जोडें त्यो असल नियतले गरें वा खराब नियतले । कसैलाई मद्दत गरेर, करुणापूर्वक कमाएँ वा कसैलाई दुःख दिएर कमाएँ, पाप–धर्म जे गरेर कमाएँ, त्यो जीवनभरको उसको कर्म आफ्नो सामुन्ने, आफ्नो मानसपटलमा एक–एक गर्दै आउँछ र उसलाई डर पनि लाग्छ ।

जीवनमा जे मेरो भन्ने घमण्डले आर्जन गरें त्यो त जीवनसँगै सकिने रहेछ । धन, पद, श्रीमान्–श्रीमती, छोराछोरी, साथीभाइ, इष्टमित्र, देश, परदेश सबै यहीँ छुट्ने रहेछन् । मृत्युपछि यी सबैसँग कुनै सम्बन्ध हुने रहेनछ । त्यसैले आफ्नो चेतना जागृत गरेर सधै सात्विक र सन्तको जीवन बिताउन चाहने व्यक्तिले जन्म र जीवनको मात्र ख्याल नगरी मृत्युपछि पनि आफैंसँग जाने र त्यसले आनन्द प्रदान गर्ने सम्बन्ध विकास गर्न खोज्छन् ।

उनीहरूमा त्यो चीजप्रति आकर्षण हुन्छ जुन चीजले जन्म, जीवन र मृत्युपछि पनि सम्बन्ध कायम गरोस् । त्यो त्यही एक चीज हुन सक्छ जसलाई भगवान् भने पनि, परमात्मा भने पनि, अस्तित्व भने पनि एउटै अर्थ दिन्छ जसको सहारा जन्म प्राप्तिमा पनि छ, जीवनमा पनि छ र मृत्युपछि पनि रहन्छ । उही एक तत्व, एक शक्ति, एक ऊर्जा हो जो सधै साथमा रहन्छ । यो कुराको बोध गर्न चाहने मानिस साक्षीपूर्वक आफ्नो जीवन पनि जिउँछ र परमार्थको ख्याल गर्दै मृत्युलाई हाँसीहाँसी वरण गर्छ ।

सामान्य ज्ञान भएका र भौतिक जीवनमा सुख प्राप्त गर्नु नै अन्तिम सुख हो भन्ने मान्नेहरूलाई यो कुरा त्यति जँच्दैन र उनीहरू समाजमा आलोचित हुन सक्छन् तर यथार्थता यही नै हो । भौतिक सुख क्षणिक र असिमित छ, आध्यात्मिक चिन्तनद्वारा चेतना जागृत गरेर आनन्दित जीवन जिउँदै परमार्थतिरको यात्रालाई पनि ख्याल गर्ने व्यक्ति नै भाग्यशाली, दयालु र असल आचरण भएको व्यक्तिका रूपमा चिनिन्छ ।

एउटी आमाले जसरी अनेक दुःख–कष्टको पर्वाह नगरी आफ्नो सन्तानको असल भविष्यका लागि संकल्पवान भएर योगदान दिन्छिन् त्यसैगरी सन्तानले पनि आफ्नो स्वार्थका लागि मात्र नभई मातृत्वको चाहनालाई ध्यानमा राख्दै असल कर्म र आचरणमा जीवन जिउने संकल्प गर्नैपर्छ । यसले मातृत्वको सपना त पूरा हुन्छ–हुन्छ, आफ्नो जीवन पनि विधायक तरिकाले बित्छ । स्वधर्म, स्वपहिचान, आत्मसम्मान र आत्मजागरणमा जिउनु जत्तिको महत्वपूर्ण कमाइ र सिकाइ अरु हुनै सक्दैन ।

त्यसैले जीवन, जगत् र परमार्थसम्मलाई ख्याल गरी कर्म गर्नु, शीलवान बन्नु र जागृत रहनु महत्वपूर्ण छ । बाहिरी सफलता भन्दा कयौं गुणा महत्व हुन्छ आन्तरिक सुख, शान्ति र आनन्दको । नारीत्व र मातृत्वको महत्व र योगदानको कदर अनि सम्मान गर्दै असल कर्म गर्ने व्यक्ति मात्र वास्तविक रूपमा सफल व्यक्ति ठहरिन्छ ।

 Image