Successfully Copied

हलिउड एक्टर टम ह्यान्ससँग स्किन सेयर गर्न मन छ

एक्सन कसरी गरिन्छ भन्ने कुरा मैले सैद्धान्तिक रूपमा मात्र बुझेकी थिएँ । त्यसलाई व्यावहारिक रूपमा अनुभव गर्न पाएँ । त्यसले मेरो आत्मविश्वास बढायो ।  

सुहाना थापा, नायिका 

तपाईंका प्रशंसकले तपाईंका लागि गरेको कुनै सम्झनायोग्य कुरा ? 

ए मेरो हजुर–३ मा साइन भएको थाहा पाएपछि जब म मिडियामा आउन थालें तब ज्योति नामका एक जना प्रशंसकले इन्स्टाग्राममा म्यासेज गरेर भेट्न मन लागेको कुरा बताउनुभयो । काम सुरु नगर्दै कसरी प्रशंसक हुनुभयो भन्दा तपाईंको तस्बिर देखेर भन्ने जवाफ आयो । म नेपाल आइसकेपछि उहाँ घरमै भेट्न आउनुभयो । तस्बिरका भरमा त्यति धेरै माया पाउँदा म दंग मात्र भइन त्यसबाट ठूलो प्रेरणासमेत मिल्यो ।

यदि कसैद्वारा विशाल हात्ती उपहार पाउनुभयो तर लुकाउने सर्तमा, कहाँ लुकाउनुहुन्छ ?

सेतो कि कालो ? (हाँसो )....ठूलो चीज लुकाउन धेरै गाह्रो हुन्छ तसर्थ हात्तीका लागि लुगा बनाएर फूलले सजाइदिन्थें । 

तपाईंलाई कोसँग स्किन सेयर इच्छा छ ?

हलिउड एक्टर टम ह्यान्ससँग । 

तपाईंको फेवरेट डेली वेयर ?

कुर्ता–सलवार ।

बेस्ट ड्रेस म्यानको उपाधि कसलाई दिन चाहनुहुन्छ ?

अनमोल केसीलाई । 

 

तपाईंलाई कसैले यो ब्रह्माण्डको कुनै पनि स्थानको ड्रिम होम गिफ्ट गर्न चाहन्छ भने तपाईं कुन ठाउँ रोज्नुहुन्छ ?

एभरेस्ट बेसक्याम्पको गोक्योरी । 

 

तपाईं नेपाली, अंग्रेजी र हिन्दीबाहेक अरू कुनै भाषामा के भन्न चाहनुहुन्छ ?

म फ्रेन्च भाषा पनि पढ्दैछु । बोनजो ज्योमा तार सुहाना थापा । 

त्यस्तो कुनै कुरा सुन्दा प्रशंसा जस्तो लाग्छ तर वास्तवमा होच्याइएको हुन्छ, के होला ?

मलाईं कुनै पनि व्यक्तिले तिम्रो यो राम्रो छ तर.....भनेपछि आफूलाई होच्याएको महसुस हुन्छ । 

यदि तपाईंलाई एउटा कचौरामा कुनै एक मिनेटवाला स्लट दृश्य सिर्जना गर्न भनियो भने उक्त कचौरामा के भर्नुहुन्छ ?

म पेपरमा गीताको ज्ञान लेख्थें अनि त्यही पेपरले कचौरा भर्थें । 

तपार्इंसँग भएको तर प्रयोगमा नआएको खुबी ?

म लेख्न सक्छु तर यो त्यति प्रयोगमा आएको छैन । 

ए मेरो हजुर–३ बाट पाएको उपलब्धि ?

एक्सन कसरी गरिन्छ भन्ने कुरा मैले सैद्धान्तिक रूपमा मात्र बुझेकी थिएँ । त्यसलाई व्यावहारिक रूपमा अनुभव गर्न पाएँ । त्यसले मेरो आत्मविश्वास बढायो ।  

 

 Image