Successfully Copied

अप्सराको अभ्यन्तर 

मकवानपुरकी साहित्यकार अप्सरा तिम्सिनाको कथासंग्र्रह अभ्यन्तर बजारमा आएको छ । लामो समयदेखि साहित्य साधना गर्दै आएको अप्सराले समाजका विविध पाटोहरुलाई आफ्ना कथामा समावेश गरेकी छिन् । 

मकवानपुरकी साहित्यकार अप्सरा तिम्सिनाको कथा संग्रह अभ्यन्तर बजारमा आएको छ । लामो समयदेखि साहित्य साधना गर्दै आएको अप्सराले समाजका विविध पाटोहरुलाई आफ्ना कथामा समावेश गरेकी छिन् । 

केहि समय अघि हेटौंडाबाटै सार्वजनिक भएको कथा संग्रह अभ्यन्तरले अहिले पाठकको राम्रो प्रतिकृया बटुल्दै आएको छ । यस अघि कविता विधामा सक्रिय रुपमा देखिएका अप्सराको कथा संग्रह सार्वजनिक कार्यक्रम आँचल साहित्य कला पुञ्ज आयोजना गरेको थियो । वरिष्ठ आख्यानकार नयनराज पाण्डेले अप्सराको कृतिको लोकार्पण गरेका हुन् । 

१६ वटा कथा संग्रह अभ्यन्तर माथि मकवानपुरका साहित्यकार निमेष निखिल, रमेशमोहन अधिकारी तथा चितवनकी साहित्यकार सरिता तिवारीले समिक्षा गरेका थिए । कृतिमा आधा दर्जन बाल तथा किशोर कथाहरु समेटिएकोले बालसाहित्यलाई समेत कृतिले योगदान पुग्ने विश्वास लिइएको छ । समसामयिक बिषयमा आइपर्ने विबिध समस्याहरुलाई उजागर गर्दै लेखिएको कृतिले समाजमा सकारात्मक प्रभाव पर्ने समीक्षकहरुले बताएका छन् । 

लेखिका शिक्षण पेशासँगै मकवानरपुरका विभिन्न साहित्यिक संस्थाहरुमा आवद्ध छिन् । 

 

 Image