Successfully Copied

विश्व मिर्गौला संगठनको  दक्षिण एसिया उपाध्यक्षमा

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह विश्व मिर्गौला संगठनको दक्षिण एसिया उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह विश्व मिर्गौला संगठनको दक्षिण एसिया उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

संगठनको विशेष कमिटीले दक्षिण एसियाका तीन जना सदस्यलाई निर्वाचनका लागि मनोनयन गरेको थियो । डा. शाह बंगलादेश र पाकिस्तानका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

त्यसका लागि गत मार्च १ देखि ३० तारिखसम्म संगठनका सदस्यहरूले अनलाइनमार्फत मतदान गरेका थिए । अप्रिल ११ देखि २५ सम्म अस्ट्रेलियाको मेलवर्नमा भएको वर्ल्ड कंग्रेस अफ नेफ्रोलोजीमा मतदानको परिणाम घोषणा गरिएको जानकारी डा. शाहले दिइन् ।

 

 Image