Successfully Copied

सहरमा नेहा कक्कड

बलिउडकी लोकप्रिय गायिका नेहा कक्कडले काठमाडौंवासीलाई आफ्ना लोकप्रिय गीत–संगीत सुनाउने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले प्रेस विज्ञप्ति जारी गर्दै बलिउड गायिका कक्कडलाई काठमाडौंको ठमेलस्थित एलओडीमा प्रस्तुत गर्न लागेको जनकारी दिएको छ ।

जेठ २५ गते शनिबारका लागि निर्धारण गरिएको ऊक्त सांगीतिक कार्यत्रममा गायिका कक्कडले लाइभ ब्यान्डसँगै आफ्नो प्रस्तुति दिने आयोजक संस्थाका प्रमुख दीपक घिमिरेले जनाएका छन् । संस्थाका जनार्दन घिमिरेका अनुसार साँझ ८ बजेपछि प्रारम्भ हुने उक्त लाइभ कन्सर्ट मध्यरातसम्म जारी रहने छ ।

इन्डियन आइडल सिजन–२ मा प्रतिस्पर्धा गर्दै सांगीतिक क्षेत्रमा उदाएकी गायिका कक्कडले यही प्रतियोगिताको सिजन–१० मा निर्णायकको भूमिका समेत निर्वाह गरेकी थिइन् । भारतको उत्तराखण्डमा जन्मिएकी गायिका कक्कडका दुई दर्जनभन्दा बढी गीत लोकप्रिय छन् । तीमध्ये आँख मारे, कोकाकोला तुँ, इसमे तेरा घाटा, मिले हो तुम हमसे आदि अत्यधिक लोकप्रिय मानिन्छन् । 

 Image