Successfully Copied

अर्गानिक आलु तथा मटर साँधेको

आलु काटेर मटर, प्याज, गोलभेंडा तथा खुर्सानीसँग सबै मरमसला हालेर साँध्ने । त्यसमा तातो तोरीको तेल तथा मेथी झान्ने ।

सामग्री

आलु उसिनेको २ सय ग्राम, मटर १ सय ग्राम, प्याज १ वटा, गोलभेंडा २ वटा, खुर्सानी २–३ वटा, कागती १ वटा, नुन स्वादअनुसार, भुटेको तोरीको तेल, चाट मसला ५ ग्राम तथा हट सस ।

विधि

आलु काटेर मटर, प्याज, गोलभेंडा तथा खुर्सानीसँग सबै मरमसला हालेर साँध्ने । त्यसमा तातो तोरीको तेल तथा मेथी झान्ने ।

मार्सी थाली सेट

मार्सी चामल लामो इतिहास बोकेको फाइदाजनक अन्न हो । जुम्लालगायत हिमाली क्षेत्रमा खेती हुँदै आएको यो चामलको इतिहास झन्डै सात सय वर्ष पुरानो छ । संसारमा रातो रंगको चामलका दसभन्दा बढी प्रजाति छन् । जुम्लाको मार्सी चामल तिनैमध्ये एक हो ।

यसका लागि वातावरण माइनस चार डिग्री सेल्सियससम्म चिसो हुनुपर्छ । नेपालबाहेक भूटान, भारत तथा पाकिस्तानका हिमाली क्षेत्रमा यो धान पाइन्छ । धान पाक्न बढी समय लाग्ने भएकाले यसमा स्टार्च बढी हुन्छ ।

त्यही स्टार्चले मार्सी चामलको भात खाएपछि धेरै बेरसम्म पेट भरिएजस्तो हुन्छ, छिटो भोक लाग्दैन । मार्सी चामलको भात तुलनात्मक रूपमा लस्सेदार र स्वादिलो हुन्छ । मार्सी चामलको भातसँग अर्गानिक कालो दाल, मिक्स करी, अचार, साग, सलाद, दही तथा मासुको परिकार उपयुक्त मानिन्छ । 

 Image