Successfully Copied

रुस्लान क्यालेण्डरमा प्रियंका कार्की

रुस्लानले आफ्नो ब्राण्ड सद्भावना दूत प्रियंका कार्कीलाई समावेश गरिएको विशेष किसिमको क्यालेण्डर सार्वजनिक गरेको छ । रुस्लानले नेपालमा पहिलो पटक हाइ– फेशनको स्वीमसूटमा छायांकन गरिएको फेशनदार क्यालेण्डर प्रस्तुत गरेको छ ।

बितेको ४० वर्षदेखि रुसलानले बजार प्रवर्द्धन र ब्राण्ड पहिचानका नवीनतम सोचद्वारा ब्राण्डिङमा अग्रता हासिल गर्दै आफूले प्राप्त गरेको नेपालको अत्यन्त लोकप्रिय भोड्काको शानलाई निरन्तरता दिदै आएको छ । 

यो वर्ष रुस्लानले ग्राहकहरुको अभिरुचीलाई ध्यानमा राखेर दुई नयाँ नवीनतम ब्राण्ड रुस्लान अल्ट्रा प्रिमियम भोडका र रुस्लान गोल्ड रिजर्भ भोडकाको रचना गर्न सक्षम भएको छ । र पहिलो पटक ब्राण्डले देशको युवा प्रतिभाहरुमा सर्वाधिक रुचाइएकी प्रियका कार्कीसग सहकार्य गरेर रुस्लान स्वीमसूट क्यालेण्डर २०७६ प्रस्तुत पनि गरेको छ ।

नेपालको लागि पहिलो पटक, यो क्यालेण्डरको लक्ष्य भनेको नयाँ तुलनाधार सिर्जना गर्दै विश्वव्यापी स्तरमा फेशनको उचाई पुर्‍याउने र सहकार्य गर्ने रहेको छ । क्यालेण्डरको छायांकन प्रतिभाशाली फोटोग्राफर सञ्जोग राईको कुशल नजरबाट अत्यन्त बिस्तारपूर्वक सौन्दर्यानुभूति सहित गहन ढंगले गरिएको छ ।

 Image