Successfully Copied

स्वस्थ रहने सूत्र

 पानी शरीरको प्रमुख तत्व हो । शरीरमा तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । पानीले शरीरको छाला कोमल बनाउनुका साथै पाचन तन्त्र ठीक राख्छ । 

तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरमा तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । पानीले शरीरको छाला कोमल बनाउनुका साथै पाचन तन्त्र ठीक राख्छ । 

भोजनमा नुनको मात्रा : अचार, पापड, चटनी, केन सुप र तरकारीमा नुनको प्रयोग कम गर्नुपर्छ । प्रतिदिन ५ ग्रामभन्दा कम नुन खानु उपयुक्त मानिन्छ । ताजा तरकारी, फलफूल, माछा, पोल्ट्री उत्पादन तथा ननभेज खाना खानुपर्छ । 

आदर्श तौल : अतिरिक्त तौलका कारण पनि स्वास्थ्यसम्बन्धी जोखिम बढ्छ र हृदय रोग तथा मधुमेहजस्ता रोग लाग्ने सम्भावना बढ्छ । यदि तौल सामान्यभन्दा बढी छ भने खानपानमा बिस्तारै परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । आफ्नो शारीरिक सक्रियता बढाउनुपर्छ । यदि एकैदिनमा एक–डेढ किलो तौल बढेको छ र सातामा एक–दुई किलो बढ्दैछ भने कुनै फिटनेस ट्रेनरसित सल्लाह गरी काम गर्नुपर्छ । 

ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेवल : ब्लड प्रेसर तथा कोलेस्ट्रोल लेवल जाँच गर्नुपर्छ । उच्च रक्तचाप भएका व्यक्तिमा सधैं स्ट्रोक वा हृदयाघात हुने खतरा हुन्छ । हरेक दिन ब्लड प्रेसर जाँच गराउनुपर्छ र थोरै पनि परिवर्तन देखा परे चिकित्सकसँग सल्लाह लिनुपर्छ । रक्तचाप कम हुँदा हृदयमा दबाब कम हुन्छ । 

शारीरिक रूपमा चुस्त : व्यायाम गर्दा शरीरमा शक्ति बढ्छ । शरीरका मांसपेशी पनि बलिया हुन्छन् । बिस्तारै–बिस्तारै व्यायाम गर्ने बानी बसाल्नुपर्छ जसले शारीरिक क्षमता स्वतः विकसित हुन्छ । शारीरिक व्यायामका लागि अलग–अलग प्रकारको एरोविक्स, पौडी, साइक्लिङ आदि गर्न सकिन्छ । 

धूम्रपान त्याग : धूम्रपानका कारण ब्लड प्रेसर बढ्छ । यसले व्यायाम गर्ने क्षमता घट्छ र शरीरमा रगत जम्ने जोखिम वृद्धि हुन्छ । धूम्रपान छोड्दा आयु बढ्छ, स्वास्थ्यमा सुधार आउँछ । यसबाट आकर्षक देखिन सकिन्छ भने धूम्रपानका कारण मुहारको रिङ्कल बढ्छ । दाँतमा दाग पर्छ, फोक्सो प्रभावित हुन्छ, औंला पहेंला हुन्छन् अनि छालाको रंग पनि परिवर्तन हुन्छ । त्यस्तै धूम्रपान त्याग गर्दा इन्द्रियहरू सक्रिय हुन्छन् र पैसा पनि बचत हुन्छ । 

तनाव कम गर्ने : तनाव बढेको महसुस भयो वा निद्रा गडबड भयो भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ । 

मद्यपान नियन्त्रण : मद्यपान सेवन गर्दा फोक्सो एवं हृदयलाई क्षति पुग्छ । यसले काम गर्ने क्षमतामा प्रभाव पार्छ, तौल बढ्छ र हृदयाघातको खतरा पनि बढाउँछ । 

नियमित स्वास्थ्य परीक्षण : आपत्कालीन स्थितिमा मात्र होइन समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ । प्रतिरक्षा तन्त्र कमजोर हुनुपूर्व नै स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुन्छ । 

 Image