Successfully Copied

पेटमा कसरी जम्मा हुन्छ ग्याँस ?

ग्याँसका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने तथा पेट फुल्ने आदि समस्या आइलाग्छ । पेटमा राम्रा–नराम्रा ब्याक्टेरियाको सन्तुलन बिग्रँदा ग्याँस बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि ब्याक्टेरियाको सन्तुलन बिग्रन्छ ।

ग्याँसका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने तथा पेट फुल्ने आदि समस्या आइलाग्छ । पेटमा राम्रा–नराम्रा ब्याक्टेरियाको सन्तुलन बिग्रँदा ग्याँस बन्छ । कहिलेकाहीँ कुनै रोगको साइडइफेक्टका रूपमा पनि ब्याक्टेरियाको सन्तुलन बिग्रन्छ । लसुन, प्याज आदिले समेत ब्याक्टेरियाको सन्तुलन बिगार्छन् । उमेर बढ्दै जाँदा पाचन प्रणाली कमजोर हुँदै जान्छ । दूध र (दहीबाहेक) दूधबाट बनेका कुरा राम्रोसँग पच्न पाउँदैनन् र ग्याँस बन्छ ।

४५ वर्षमाथिका मानिसले दही मात्र खानु उपयुक्त हुन्छ, अरू कुनै दुग्धपदार्थ खानुअघि धेरै पटक सोच्नुपर्छ । कब्जियतको समस्या हुँदा शरीरको विषाक्त पदार्थ राम्रोसँग बाहिर निस्कन पाउँदैन । त्यसले गर्दा पनि ग्याँस बन्छ । दिनभरिमा १० गिलास पानी पिउनुपर्छ । फाइबर बढी भएका खानेकुरा खानुपर्छ । कतिपय एन्टिबायोटिकका कारण पेटमा राम्रो ब्याक्टेरिया बन्न पाउँदैन जसले गर्दा खाएको कुरा पच्न समस्या हुन्छ अनि ग्याँस बन्छ । 

एन्टिबायोटिक खाँदा पाचनमा समस्या सिर्जना भए चिकित्सकलाई भनेर ग्यास्ट्रोरेजिस्टेन्ट औषधि लिन सकिन्छ । कहिलेकाहीँ छिटोछिटो खाना खाँदा राम्रोसँग पच्न पाउँदैन र ग्याँसको समस्या आइलाग्छ । खाना खाँदा आरामले चपाएर खानुपर्छ, गफ गर्दै खानु हुँदैन । मैदाबाट बनेका कुरा, जंक फुड अनि तारेको खानेकुरा खानु हुँदैन । सन्तुलित भोजनका साथ दिनको आधा घन्टा नियमित रूपमा व्यायाम गर्नुपर्छ ।

 Image