Successfully Copied

नेपाल स्कोपको खानी हो : सम्पदा मल्ल

नेपाल यस्तो देश हो, जहाँ स्किल छ भने जति पनि अवसर पाइन्छ र फाइनान्सली रूपमा पनि धेरै राम्रो छ । जति अमेरिकामा बसेर कमाइन्छ, यहाँ राम्रो कन्सेप्ट र क्षमता छ भने त्यति मेहनतविना नै अमेरिका बराबर कमाउन सकिन्छ । नेपाली फिल्ममै पनि राम्रो स्क्रिप्ट राइटर

फिल्म मेकिङमा स्नाकोत्तर सकेर मुम्बईमा ५ वर्ष विभिन्न चर्चित सिरियलको स्क्रिन प्ले अर्थात् पटकथा लेख्दै आएकी सम्पदा मल्लले बलिउड फिल्म केरिअन कुक्तोमा त्रियटिभ प्रोडुसरका रूपमा काम गरिसकेकी छिन् । उनले कहिल्यै मुम्बई गएर फिल्मसम्बन्धी काम गर्छु भन्ने सोच राखेकी थिइनन् ।

त्यहाँ पढेर नेपालमै काम गर्ने पूर्वयोजना थियो तर सभा मुमताजजस्ता हस्तीसँग काम गर्ने अवसर जुटेपछि अनुभवका लागि उनले केही समय उतै बिताइन् । सम्पदा आफू नियतिले मुम्बई पुगेको बताउँछिन् । जब उनले हिन्दी सिरियलहरूमा काम गर्न थालिन् तबदेखि नै नेपालमा फर्केर काम गर्ने सोच थप प्रबल हुँदै गयो । त्यसको प्रमुख कारण थियो, आफ्नो संस्कृति र संस्कारभन्दा फरक धारमा बसेर लेख्नुपर्दा आफूले सोचेजस्तो रिजल्ट नपाउनु । मैले यति मेहनत नेपालकै लागि गरेको भए अझ उत्कृष्ट रिजल्ट आउँथ्यो भन्ने लागिरह्यो । उनका सहकर्मीहरू बलिउड जान ज्यानै फाल्ने समयमा उनी सबै काम छोडेर नेपाल फर्किन् ।

सम्पदाले नेपाली सिरियल सिंहदरबार १ र २ मा काम गरिन् । नेपालमा केही नयाँ काम गर्नुपर्छ भनेरै उनले दृश्यांक शीर्षकमा मोबाइल फिल्म प्रतियोगिता संचालनमा ल्याइन् । पहिलो वर्ष ६ सय वटा मोबाइल फिल्मले त्यसमा सहभागिता जनाए भने अहिले तेस्रो वर्षमा साउथ इन्डिया पुगेर नेपालमा आएर फिल्म बनाऊ भन्ने क्याम्पियन चलाइरहेकी छिन् । सम्पदा भन्छिन्–हामीजस्ता युवाले नेपाललाई बेस बनायौं भने कुनै पनि कुरालाई अन्तर्राष्ट्रिय स्तरमा लान सकिन्छ । 

नेपाल फर्कनुको मुख्य कारण ?

प्रमुख कारण त नेपाली भएकाले नेपालमै आफ्नो सिर्जनालाई प्रस्तुत गरौं भनेर हो । हामीजस्ता युवा नै विदेश पलायन भयौं भने देशको प्रगति कसरी होला ? मैले कहिल्यै बिदेसिने सोच बनाइन । 

नेपाल यस्तो देश हो, जहाँ स्किल छ भने जति पनि अवसर पाइन्छ र फाइनान्सली रूपमा पनि धेरै राम्रो छ । जति अमेरिकामा बसेर कमाइन्छ, यहाँ राम्रो कन्सेप्ट र क्षमता छ भने त्यति मेहनतविना नै अमेरिका बराबर कमाउन सकिन्छ । नेपाली फिल्ममै पनि राम्रो स्क्रिप्ट राइटर छ भने जति पनि पैसा दिन तयार हुने वातावरण छ तर त्यस्ता स्किलफुल मानिसहरू नै छैनन् ।

म एकदमै पोजिटिभ छु, म त नेपालमा स्कोपैस्कोप देख्छु । म अहिले कठपुतली (हरर मुभी) मा लेखिका एवं कार्यकारिणी निर्माताका रूपमा काम गर्दैछु जसका टेक्निसियनहरू विदेशी छन् । म आफै जब क्रियट गर्छु । फुर्सद भयो कि वर्क सप, इभेन्टहरू गरिरहन्छु । विभिन्न पत्रपत्रिकामा लेख्छु । नेपालमा राम्रै कमाइ छ, दाम मात्र होइन नामका साथै स्याबासी पनि पाइन्छ भने किन विदेश जाने ?

 Image