Successfully Copied

मेकअप कलर्स इन डिमान्ड

मेकअप गर्दा कलरमा ध्यान दिनु जरुरी छ । मानिसको सम्पूर्ण लुकमा लिपिस्टिक र नेलपेन्टले प्रशस्त प्रभाव पार्छ । त्यसैले ट्रेन्डलाई विचार गरी कलर्स छनोट गर्नुपर्छ । 

मेकअप गर्दा कलरमा ध्यान दिनु जरुरी छ । मानिसको सम्पूर्ण लुकमा लिपिस्टिक र नेलपेन्टले प्रशस्त प्रभाव पार्छ । त्यसैले ट्रेन्डलाई विचार गरी कलर्स छनोट गर्नुपर्छ । 

कलर ट्रेन्ड

फेसन ट्रेन्डको कुरा गर्ने हो भने यसपटक लिप कलर्स र नेल पेन्टमा मोव, कोरल पिंक, सी ग्रिन, ट्रेन्डी बेरी, चकलेट, ट्रफल र फ्लोरल पिंकजस्ता कलर तथा न्युड सेड्सको माग बढिरहेको पाइन्छ । युवती तथा महिलाहरूले यी कलरबाट ट्रेन्डी लुक प्राप्त गर्न सक्छन् । फङ्सनका लागि उनीहरूले यस प्रकारको कलर बढी रुचाइरहेका छन् । 

टप कलर्स इन लिपिस्टिक 

हिजोआज लिप मेकअपमा ग्लसी टचयुक्त लिप कलर्सको फेसन पाइन्छ । ग्लसी लुकका लागि बजारमा लिप ग्लसबाहेक लिप ग्लस कम लिपिस्टिक पनि उपलब्ध हुन्छ । यो लिपिस्टिकको लिक्विड रूप हो र यसले ग्लसले जस्तै साइनिङ लुक प्रदान गर्छ । क्रिम बेस्ड लिपिस्टिक पनि निकै रुचाइएको पाइन्छ । लिप कलर्समा आइसिङ मोव, सफ्ट पिंक, चकलेट ट्रफल, मिल्क ब्राउन, फ्लोरल पिंक वाइन आदि बढी रुचाइन्छ । 

टप थ्री कलर्स इन नेलपेन्ट 

नेलपेन्टप्रति हरेक उमेरका युवतीहरूमा रुचि देख्न सकिन्छ । अहिले नेलपोलिसमा सिमर सेड्स, क्रिमी सेड्स तथा मेट फिनिस कलर्स गरी तीन प्रकारको कलेक्सन बजारमा उपलब्ध छ । 

सिमर सेडयुक्त नेलपोलिस पार्टी एवं हरेक अवसरमा बढी खुल्छ । सिमर सेड्समा कपर, डायमण्ड ह्वाइट, मुन लाइट आदि कलर्स बढी प्रचलित छन् । ट्रेन्डलाई विचार गर्ने हो भने क्रिमी सेड्समा रोयल रेड, फ्लोर पिंक, केपेचिनो, बरगन्डी आदि प्रयोग गर्न सकिन्छ । म्याट फिनिस कलरमा सी ग्रिन लुक प्रदान गर्न नेल कलरमाथि ट्रान्सपरेन्ट नेलपोलिस लगाउन सकिन्छ । हातलाई थप सुन्दर देखाउन नङमा नेलपेन्टको दुई सेड्स अप्लाई गर्न सकिन्छ । जस्तै नङको आधा भागमा पिंक र आधा भागमा ग्रिन कलर पेन्ट गर्न सकिन्छ ।  

 

 Image