Successfully Copied

भोलुम र ब्यागी  फेसन ट्रेन्ड

जाडोपछि आउने वसन्त ऋतु र सँगै आउने नयाँ वर्षसँगै जो कोही आफ्नो पहिरनमा केही नयाँपन आवोस् भन्ने चाहन्छन् । फेसन बजारमा पनि मौसमसँगै पहिरनको डिजाइनमा पनि विविधता भित्रिरहेको हुन्छ । यसपटकको फेसनमा फ्लोरल प्रिन्ट तथा पेस्टल कलर इन भएका छन् । 

 

संस्कृति एवं खानपान मिल्ने तथा सिरियल, चलचित्र आदिमा पनि बलिउडको प्रभाव बढी नै भएकाले नेपालमा भारतीय फेसनलाई फलो गरिन्थ्यो तर अहिले फेसबुक, इन्स्ट्राग्राम, इन्टरनेट आदिको बढ्दो प्रभावले गर्दा वेस्टर्न फेसन पनि नेपाली फेसन बजारमा हाबी हुन थालेको छ । २०७६ मा वेस्टर्न लुक्सका पहिरन नै बढी चल्नेछन् । अहिलेको फेसन ट्रेन्ड जिरो फिगरको नभएकाले लुज फिट फेसन बढी रुचाइएको छ । यो वर्ष पार्टी वेयरमा भोलुम बेस गाउन, लेहेंगा, क्रप टप बढी चल्नेछन् । यसपटक पियर वेस्टर्न गाउनहरू नै नेपाली फेसन बजारमा देखिनेछन् ।

भोलुम बढी भएका प्रिन्सेस स्टाइलका गाउन चल्तीमा आउनेछन् । यस्ता गाउनले महिलाहरूको शारीरिक स्वरूपलाई राम्रो देखाई आकर्षक लुक्स पनि दिन्छन् । यो वेस्ट तथा हिप ठूलो हुनेहरूमा पनि राम्रो देखिन्छ । एउटा लेहेंगा नै ७ मिटर, गाउन ६ मिटर कपडामा तयार पारिने यस्तो भोलुम बेसको पहिरन सालभरि नै फेसनमा रहनेछ । यस्ता पहिरनले रिच लुक्स दिनुका साथै यो क्यारी गर्न पनि सजिलो हुन्छ । 

जाडोपछि आउने वसन्त ऋतु र सँगै आउने नयाँ वर्षसँगै जो कोही आफ्नो पहिरनमा केही नयाँपन आवोस् भन्ने चाहन्छन् । फेसन बजारमा पनि मौसमसँगै पहिरनको डिजाइनमा पनि विविधता भित्रिरहेको हुन्छ । यसपटकको फेसनमा फ्लोरल प्रिन्ट तथा पेस्टल कलर इन भएका छन् । 

अहिलेका ग्राहकहरू पहिले जस्तो बजारमा जे देख्यो त्यही लगाउने खालका छैनन् । जोकोही बजार रिसर्च गरेर फेसन ट्रेन्ड र आफूले क्यारी गर्न सक्ने फरक पहिरन खोज्छन् । पहिले–पहिले स्लिम बडी वा फिगर मिलेकाहरूले लगाएका पहिरन खोजिन्थ्यो भने अहिले फिगर मोटो, होचो, हिप ठूलो जस्तो भए पनि आफ्नै फिगरअनुसार मिलेको पहिरन डिजाइन गराई फेसनलाई फलो गरिन्छ । अहिले बेबीदेखि प्लस ४० सम्मले नै गाउन, क्रप टप स्कर्ट नै बढी लगाउँछन् । समय–परिस्थितिअनुसार लगाएको लुगाले महिलाहरूको आत्मविश्वास पनि वृद्धि गर्छ । त्यही आत्मविश्वासले गर्दा नै स्लिम युवतीहरूले लगाउने पहिरन मोटो जिउ भएकाहरूले पनि क्यारी गरिरहेको देखिन्छ । गत वर्षजस्तै यो वर्ष पनि म्याचिङको फेसन यथावत् रहनेछ । साडीमा प्रिन्टेड, फ्लोरल सिफन, सिल्क, ह्यान्ड इम्ब्रोइडरीको फेसन यथावतै रहनेछ जुन क्लासी पनि हो । 

अहिलेको फेसन ट्रेन्डमा लेयर्स बढी, भोलुम बढी, वेस्टर्न लुक्स आउने रिबन वर्क, थ्रेड वर्क ग्लिटर वर्क तथा सिक्वेन्स वर्क भएका फेब्रिकहरू छन् । स्लिभमा पनि बढी भोलुम वा फ्लेयर बढी भएका पहिरन ट्रेन्डमा छन् । यो २०७६ सालभरि पार्टी वेयरमा यी फेब्रिक नै हाबी हुने देखिन्छ । ब्यागी अर्थात् लुज फिटको फेसन चल्ने भएकाले प्लाजो, सरारा कुर्ता, गरारा पाइन्ट यो वर्ष पनि फेसनमा रहनेछन् । 

क्याजुअल समर

विग प्लाजोमा म्याचिङ टप र म्याचिङ लङ आउटरले फ्युजन ट्रेडिसनल लुक्स दिन्छ । ब्वाइ फ्रेयड जिन्समा इम्ब्रोइडरी गरिएका कुर्ती, ब्यागी जिन्समा रेड कलरको कुर्तीले न्यू लुक चाहनेहरूका लागि उपयुक्त हुन्छ । अहिले स्ट्रेट पाइन्ट, पफिड स्लिभ, ट्युनिङ टप तथा स्कर्टहरू पनि फेसनमा छन् । यी पहिरनलाई एन्टी एजिङ पहिरनका रूपमा समेत लिन सकिन्छ । यसले उमेर भन्दा कम देखाइदिन्छ । फिटिङ र स्ट्रेट म्याक्सी पनि समरका लागि उपयुक्त हुन्छ । 

टिनएजर 

टिनएजरहरूका लागि हाई वेस्टेड पाइन्टमा क्रप टप, मिनी स्कर्ट तथा स्कर्टहरू फेसनमा छन् । यो वर्ष वान पिस, फ्लोरी वान पिस, फिट एन्ड फ्लेयर आदि पहिरनले पनि बजारमा ठाउँ पाउनेछन् । पेस्टल कलरको कलरफुल पहिरन पनि फेसनमा छ । गत वर्षजस्तै यसपटक पनि वान पिसको बजार यथावत् रहनेछ । यसपटक ए लाइनको तथा फ्लेयर भएका निलेन्थका वान पिस फेसनमा रहनेछन् । रफल्स टप्स तथा स्कर्ट एवं रफल्स टप्स तथा हाफ पाइन्ट पनि फेसनमा रहनेछन् । टिनएजरका लागि सी ग्रिन, अफ ह्वाइट तथा ह्वाइट कलर चल्नेछन् ।

जिन्स कहिल्यै फेसनबाट नबाहिरिने आउट फिट हो । यद्यपि जिन्सको फेब्रिक र डिजाइनमा भने हरेक वर्ष परिवर्तन आइरहेको हुन्छ र त्यसले फेसन बजारलाई लिड गरिरहेको हुन्छ । यो वर्ष जिन्स जस्तो देखिने पातलो समर जिन्स फेसनमा रहनेछ । फिटिङको तुलनामा लुज सर्ट, लामो टिसर्ट पनि उत्तिकै छाउनेछन् । टिनएजरहरूले पनि फिटिङ जिन्सको तुलनामा वेस्टर्नमा चलिआएको फेसनअनुसार लुज नै रुचाउनेछन् । 

ड्रिम वेयर फेसन, कुपन्डोल

 Image