Successfully Copied

फिटनेसमा सचेत वर्षा 

वर्षा केही समयदेखि अभिनयका साथमा आफ्नो फिगर मेन्टेनमा पनि ध्यान दिइरहेकी छिन् । हरेक दिन जिम जाने वर्षा खानपानमा पनि उत्तिकै सचेत छिन् । वर्षा भन्छिन्–‘आगामी दिनमा राम्रो भन्दा राम्रो चलचित्रमा अभिनय गर्ने सोच छ ।’ 

फिटनेसमा सचेत वर्षा 

५ वर्षदेखि चलचित्रमा व्यस्त वर्षा शिवाकोटीले भैरे, जय शम्भु, लप्पन छप्पन, कारखाना, पुरानो बुलेट आदि चलचित्रमा अभिनय गरिसकेकी छिन् । वर्षाले अभिनय गरेको वीर विक्रम–२ प्रदर्शनको क्रममा छ । 

यो चलचित्रबाट बढी आशा गरेकी वर्षा यो वर्ष पढाइ सकिएकाले अब पूरै समय चलचिक्रमा सत्रिय हुने सोचमा छिन् । वर्षा केही समयदेखि अभिनयका साथमा आफ्नो फिगर मेन्टेनमा पनि ध्यान दिइरहेकी छिन् । हरेक दिन जिम जाने वर्षा खानपानमा पनि उत्तिकै सचेत छिन् । वर्षा भन्छिन्–‘आगामी दिनमा राम्रो भन्दा राम्रो चलचित्रमा अभिनय गर्ने सोच छ ।’  -वर्षा शिवाकोटी

यात्राबाट मलिका

मलिका महतले प्रदर्शोन्मुख चलचित्र यात्रामार्फत चलचित्रमा डेब्यु गर्दैछिन् । मलिकाले नायिका बन्ने कुरा सपनामा पनि सोचेकी थिइनन् । इन्स्ट्राग्राममार्फत स्वप्न सुमनको म तिम्रो गीतको म्युजिक भिडियोमा काम गर्ने अवसर पाएकी मलिकाले त्यसपछि चलचित्र यात्राबाट अफर पाइन् । पढाइमा सामान्य भएकीले मलिका स्कुलमा धेरैको नजरमा थिइनन् । स्कुलको कार्यक्रममा नाटकमा अभिनय गरेकी महतले भविष्यमा अभिनयमै सक्रिय रहने सोच बनाएकी छिन् । 

आफ्नो पहिलो चलचित्रमा दृष्टिविहीन तुंगनावादकको भूमिका निर्वाह गरेकी मलिका आफ्नो भूमिका र टिमको सपोर्टबाट सन्तुष्ट छिन् । ब्याचलर पहिलो वर्षमा अध्ययनरत मलिका अध्ययन सकिएपछि मात्र अन्य चलचित्रमा अभिनय गर्ने योजनामा छिन् ।

मलिका महत

 Image