Successfully Copied

अन्तर्राष्ट्रिय फेसन विकको रमाइलो

नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोखरामा अन्तर्राष्ट्रिय फेसन विक सम्पन्न भएको छ । पोसाक महासंघ नेपाल तथा डिजाइनर एसोसिएसनद्वारा संयुक्त रूपमा आयोजित फेसन विकमा मोडलहरू दर्शकको ध्यान खिच्न सफल रहे ।

नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोखरामा अन्तर्राष्ट्रिय फेसन विक सम्पन्न भएको छ । पोसाक महासंघ नेपाल तथा डिजाइनर एसोसिएसनद्वारा संयुक्त रूपमा आयोजित फेसन विकमा मोडलहरू दर्शकको ध्यान खिच्न सफल रहे । फेसन विकलाई आकर्षक बनाउन भारतीय ज्वेलरी डिजाइनर मोना श्राफका गर–गहना तथा भारतीय कोरियोग्राफर श्रेया सिंहको कोरियोग्राफी महत्वपूर्ण रह्यो । फेसन डिजाइनर प्रेम देव तथा सुभासिनी सिंहको डिजाइनका पहिरन दर्शकका लागि रुचिकर मानिए ।

डिजाइनर मिनु श्रेष्ठ, नविना केसी, बबिता मगर, युर्निभर्सिटी टेक्नोलोजी मारा, सौरभ तामाङ, सविना श्रेष्ठ, रुपा चौधरी, पुष्पा महतो, सिर्जना केसी, अन्जना श्रेष्ठ, सर्मिला राई, गंगा राई, अनिता श्रेष्ठ, सविना, सुष्मा, दिपा, पवित्रा थापा मगर, नन्दनी, लक्ष्मी श्रेष्ठ, निर्मला कार्की, ज्वाला राज पोखरेल, प्रतीक्षा दुरा, रिता तामाङ, दुर्गा विष्ट बस्नेत, रेखा राई, लिल्या डोङ, समृद्धि मित्तलले फेसन विकमा प्रस्तुत सिक्वेन्सहरूलाई उत्कृष्ट बनाउन सक्दो प्रयास गरे । यो फेसन शो द काठमाडौं पोस्टको प्रस्तुतिमा न्युरोड, भाटभटेनी सुपरमार्केटस्थित पोखरा स्काई स्पोर्ट्समा सञ्चालन भएको थियो ।

पोखरा, काठमाडौं, हेटौंडा, चितवन तथा विराटनगरका २० जना महिला तथा ५ जना पुरुष गरी कुल २५ जना मोडल फेसन विकमा सहभागी थिए । फ्युजन, क्याजुयल, स्ट्रिट वेयर, वेस्टन गाउन, कल्चरल, गाउन तथा वनपिस, ट्रेडिसनल, कल्चर फ्युजन आदी गरी २१ वटा सिक्वेसमा विभाजित फेसन शोमा नेपाली तथा विदेशी पहिरनको फ्युजन आकर्षक मानियो ।

गण्डकी प्रदेशका जातीय समुदायको वेशभूषा स्थानीय मोडलमार्फत प्रदर्शन गरियो भने गायक स्वप्न सुमन, सागर आले तथा नमस्ते फिटनेस सेन्टरको जुम्बा डान्स थप आकर्षण रहे । यो कार्यक्रमलाई भव्य बनाउन आफूहरूले निकै मेहनत गरेको र आगामी वर्ष पोखरामै कार्यक्रमलाई निरन्तरता दिने फेसन डिजाइनर प्रेम देवले बताएका छन् । 

राजाराम पौडेल

 Image