Successfully Copied

महिलाको संकल्प र खुसी

नारी शक्ति अतुलनीय शत्ति हो, एउटा घरलाई घर मात्र नभएर मन्दिर बनाउने कुरामा । अदृश्य भगवान् र मन्दिरमा राखिएका निर्जीव मूर्ति पूजा गरेर वरदान पाउने आशा गर्नुभन्दा परिवारका सदस्यलाई उत्प्रेरणा दिन, प्रेमपूर्वक बाँच्न सिकाउन तथा सिर्जनात्मक एवं नैतिक बनाउन महिलाको ठूलो भूमिका हुन्छ । संकल्पका

जब–जब नयाँ वर्ष आउँछ तब हामीमा विगतका वर्षको जीवनशैली, असफलता र सफलताबाट पाठ सिकेर नयाँ आयामबाट जीवन जिउने संकल्प लिन प्रेरित हुन्छौं । संकल्पको परिणाम नै आजको हाम्रो स्थिति हो । संकल्पका आधारमा हामी अघि बढ्छौं र त्यसमै हामी महिलाको खुसी निर्धारित हुन्छ । सृष्टिका प्रत्येक प्राणी जन्म लिएपछि खुसीपूर्वक बाँच्न चाहन्छन् ।

हामी सोच्छौं गास, बास, कपास, प्रेम, सुरक्षा र आत्मसम्मान पाए मानिस खुसी रहन सक्छ । आधारभूत आवश्यकता त यिनै हुन् । परिवारमा एक महिला खुसी र आनन्दित रहन सक्दा त्यो घरका सबै सदस्यले सकारात्मक ऊर्जा र प्रेरणा प्राप्त गर्ने कुरामा कुनै शंका छैन । खुसी महिलाको मात्र नभएर सम्पूर्ण मानव जातिको आन्तरिक स्वभाव भएको हुँदा सधैं खुसी रहन संकल्पको विज्ञान अपनाउनु र व्यवहारमा ऊतार्नु जरुरी हुन्छ ।

नारी शक्ति अतुलनीय शत्ति हो, एउटा घरलाई घर मात्र नभएर मन्दिर बनाउने कुरामा । अदृश्य भगवान् र मन्दिरमा राखिएका निर्जीव मूर्ति पूजा गरेर वरदान पाउने आशा गर्नुभन्दा परिवारका सदस्यलाई उत्प्रेरणा दिन, प्रेमपूर्वक बाँच्न सिकाउन तथा सिर्जनात्मक एवं नैतिक बनाउन महिलाको ठूलो भूमिका हुन्छ । संकल्पका केही आयाम जान्न सके त्यसले विधायक रूपमा जिउन सहयोग पुर्‍याउँछ ।

सकारात्मक विचार : सृष्टिका सबै प्राणीमध्ये मानिस सबैभन्दा विचारशील प्राणी भएकाले विचार नै उसको कर्मको नतिजा बन्छ । महिलाहरूको मनस्थितिमा चल्ने विचारले उनको कर्म, जीवनशैली रएवं व्यवहारमा प्रत्यक्ष असर पर्छ । त्यसैले कुनै पनि काम वा सम्बन्धमा सकारात्मक ढंगबाट सोच्नुपर्छ । हामी जस्तो विचार गर्छौं कर्मको नतिजा पनि त्यस्तै हुन्छ । बरु नकारात्मक परिस्थितिमा पनि सकारात्मक विचार राखेर काम गर्दा त्यसको नतिजा सकारात्मक आउँछ । विचार सकारात्मक हुँदा हाम्रो आन्तरिक ऊर्जा पनि सकारात्मक रूपमा प्रवाह हुन्छ र त्यसले कर्म, सम्बन्ध र संकल्पलाई सही दिशातर्फ लान्छ ।

नकारात्मक विचारले हाम्रो आन्तरिक ऊर्जालाई नै नकारात्मक बनाउने हुँदा मन–मस्तिष्कमा नकारात्मक विचारलाई स्थान दिनुहुँदैन । सकारात्मक विचारले अरुको प्रिय त बन्न सकिन्छ नै आफूलाई अझ मस्त भएर आनन्दसँग जिउनसमेत मद्दत मिल्छ । प्रत्येक व्यक्तिको जीवन अलग–अलग छ र प्रत्येक व्यक्तिले आनन्दित भएर जिउनुपर्छ । त्यसका लागि सकारात्मक विचारलाई सिंचन गर्दै जानुफर्छ ।

इच्छाशक्ति : हाम्रो इच्छाशत्तिले नै हामीलाई कर्म गर्ने प्रेरणा दिन्छ । यो जीवन केही गर्नकै लागि प्राप्त भएको छ । त्यसैले जीवनमा केही गरौं र जीवनलाई विधायक

 

 Image