Successfully Copied

ग्रिल्ड ट्राउट

ट्राउटलाई नुन, मरिच तथा कागतीको रसले मेरिनेट गरी २० मिनेट छोड्ने । त्यसपछि दुवै साइडमा बराबर रूपमा ५–५ मिनेट ग्रिल गर्ने । सर्भ गर्दा ग्रिल ट्राउटका साथमा मस पोटाटो, सबै भेजिटेबललाई बटरमा टोस्ट गरेर राख्ने । यो ट्राउट ग्रिमोलेट सससँग खान सकिन्छ ।

सामग्री : ताजा हिमालयन ट्राउट १ वटा, नुन स्वादअनुसार, मरिच आधा चम्चा, एउटा सिंगो कागतीको रस, मास पोटाटो ५० ग्राम, बटर २० ग्राम, ब्रोकाउली २ पिस, हरियो लामो फर्सी २ पिस, गाजर २ पिस, काउली ३ पिस तथा मटर ५ ग्राम ।

ग्रिमोलेट ससका लागि : धनियाँको पात ५ ग्राम, ३ वटा कागतीको बोक्रा र रस, गार्लिक चप आधा चम्चा, ओलिभ ओयल ३ चम्चा, कालो मरिच आधा चम्चा तथा नुन स्वादअनुसार । सबैलाई मिक्सरमा पिसेर सस तयार गर्ने । 

विधि : ट्राउटलाई नुन, मरिच तथा कागतीको रसले मेरिनेट गरी २० मिनेट छोड्ने । त्यसपछि दुवै साइडमा बराबर रूपमा ५–५ मिनेट ग्रिल गर्ने । सर्भ गर्दा ग्रिल ट्राउटका साथमा मस पोटाटो, सबै भेजिटेबललाई बटरमा टोस्ट गरेर राख्ने । यो ट्राउट ग्रिमोलेट सससँग खान सकिन्छ ।

 Image