Successfully Copied

केश सुन्दरताको अर्को अंग–हेयर रिप्लेसमेन्ट

पूर्णरूपमा मानवीय केश अर्थात् नेचुरल हेयर रिप्लेसमेन्ट गरिने यो कला शतप्रतिशत युरोपियन टेक्नोलोजी हो । संसारभर फैलिएको हेयर रिप्लेसमेन्टको कुनै साइड इफेक्ट छैन । यो कसरी गर्ने ? भन्दा, जसको केश पालतो वा पूर्णरूपमा झरेको हुन्छ त्यही, केश झरेको स्थानको नाप लिइन्छ र सोही साइजअनुसारको वेस्ड

राजेश विक्रम शाह

प्रबन्ध–निर्देशक, लिड हेयर रिप्लेसमेन्ट

विशालनगर

पूर्णरूपमा मानवीय केश अर्थात् नेचुरल हेयर रिप्लेसमेन्ट गरिने यो कला शतप्रतिशत युरोपियन टेक्नोलोजी हो । संसारभर फैलिएको हेयर रिप्लेसमेन्टको कुनै साइड इफेक्ट छैन । यो कसरी गर्ने ? भन्दा, जसको केश पालतो वा पूर्णरूपमा झरेको हुन्छ त्यही, केश झरेको स्थानको नाप लिइन्छ र सोही साइजअनुसारको वेस्ड (सतह) बनाइन्छ । 

क्लाइन्टको ओरिजिनल केशको डेस्टिनी, टेक्चर र कलर हेरेर उस्तै प्राकृतिक केश लिएर बेस्डमा बुन्ने फ्रक्रिया सुरु हुन्छ । स्किन नेटमा त्रमशः एक–एक रौं गरेर बुनिन्छ । यो २ देखि ३ वर्षसम्म टिक्छ । विशेषतः नेपालमा अहिले क्यान्सर उपचारका क्रममा किमो दिएपछि केश झरेका ग्राहक बढी छन् भने केश पोलिएका तथा खत भएकाहरू पनि यसतर्फ आकर्षित छन् । यो यस्तो मानिसले गराउनु हुँदैन भन्ने छैन । 

नराम्रो वा गुणस्तरहीन अथवा फाइबरको केश लट्टा–गुजुल्टा पर्ने हुन्छ तसर्थ हेयर रिप्लेसमेन्ट गर्दा सबैभन्दा पहिले कस्तो केश हो त्यसमा विशेष ध्यान पुर्‍याउनुपर्छ । लगाइसकेपछि नुहाउँदा र कोर्दा केही सावधान रहनुपर्छ । देख्दा प्राकृतिक देखिनु, कुनै साइड इफेक्ट नहुनु, सुत्दा–नुहाउँदा वा कोर्दा स्वयं आफ्नै केशजस्तो हुनु, लगाइसकेपछि पनि कुनै किसिमको असहज नहुनु यसका आकर्षण हुन् । नेपालमा अहिले यसका २५ देखि ५५ वर्षसम्मका ग्राहक बढी छन् । 

 Image