Successfully Copied

कासाको शाखा बौद्धमा

आधुनिक डिजाइन नेपाली शैलीमा प्रस्तुत गर्दै आएको कासा बुटिकले काठमाडौंको बौद्धमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।

आधुनिक डिजाइन नेपाली शैलीमा प्रस्तुत गर्दै आएको कासा बुटिकले काठमाडौंको बौद्धमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । नयाँ शाखा उद्घाटन समारोहमा नायिका सञ्चिता लुइँटेल, मिस युनिभर्स नेपाल मनिता देवकोटा, मिस इन्टरनेसनल रोनाली अमात्य, मिस अर्थ नेपाल प्रिया सिग्देल आदिको विशेष उपस्थिति थियो । कासाकी संचालिका तथा फेसन डिजाइनर रमिला नेमकुलले नयाँ शाखा बिस्तारका क्रममा पहिरनसँगै विभिन्न एसेसरिज, ब्याग, सुज, बेल्ट पनि कासामा समावेश गरेको बताइन् ।

शाखा बिस्तारको अवसरमा बुटिकले आफ्ना ग्राहकहरूका लागि ३० प्रतिशत विशेष छुटको अफर पनि ल्याएको छ । दोस्रो वर्षमा टेकेको कासाले राजधानीका विभिन्न स्थानमा आफ्ना आउटलेट खोल्दै जाने लक्ष्य रहेको जनाएको छ । स्वदेशी फेब्रिकलाई विशेष डिजाइन र लुक्समा प्रस्तुत गर्दै आएको कासाले विशेषतः स्मार्ट तथा क्याजुयल फेसनमा जोड दिँदै आएको छ । 

 Image