Successfully Copied

तन्दुरी चिकेन

चिकेन लेगलाई दुई पिसमा काटी अदुवा–लसुनको पेस्ट, कागतीको रस एवं काश्मिरी खुर्सानीले मेरिनेट गरी आधा घन्टा छोड्ने । त्यसपछि तन्दुरी मसला तथा ब्राउन ओनियनले दोस्रो पटक मेरिनेट गरी तन्दुरमा पकाउने । तन्दूरी चिकेन पुदिनाको अचारसँग खान सकिन्छ ।

सामग्री : चिकेन लेग १ पिस, अदुवा र लसुनको पेस्ट १० ग्राम, २ वटा कागतीको रस, काश्मिरी चिल्ली पाउडर १० ग्राम, ब्राउन ओनियन पेस्ट २० ग्राम तथा गरम मसला ५ ग्राम ।

तन्दुरी मेरिनेसनका लागि : पानी निखारिएको दही ३ सय ग्राम, तिलको तेल ५० मिलिलिटर, अदुवा र लसुनको पेस्ट १० ग्राम, काश्मिरी चिल्ली २ चम्चा तथा कस्तूरी मेथी ५ ग्राम ।

विधि : चिकेन लेगलाई दुई पिसमा काटी अदुवा–लसुनको पेस्ट, कागतीको रस एवं काश्मिरी खुर्सानीले मेरिनेट गरी आधा घन्टा छोड्ने । त्यसपछि तन्दुरी मसला तथा ब्राउन ओनियनले दोस्रो पटक मेरिनेट गरी तन्दुरमा पकाउने । तन्दूरी चिकेन पुदिनाको अचारसँग खान सकिन्छ ।

 Image