Successfully Copied

प्रिन्साले पहिरिन् मिनि मोडल वर्ल्डको ताज

विभिन्न उमेर समूहको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा नेपालको उपस्थिति बढ्दै गइरहेको अवस्थामा पछिल्लो समयमा नेपाली सहभागिहरुको उपस्थिति दरिलो बन्दै गएको देखिन्छ । यसै सन्दर्भमा हालै इजिप्टमा संचालन भएको स्टार्ट मिनी मोडल्स अफ द वर्ल्ड २०१९ मा नेपालकी कान्छी सहभगि ५ वर्षिया प्रिन्सा खड्का मिनी

विभिन्न उमेर समूहको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा नेपालको उपस्थिति बढ्दै गइरहेको अवस्थामा पछिल्लो समयमा नेपाली सहभागिहरुको उपस्थिति दरिलो बन्दै गएको देखिन्छ । यसै सन्दर्भमा हालै इजिप्टमा संचालन भएको स्टार्ट मिनी मोडल्स अफ द वर्ल्ड २०१९ मा नेपालकी कान्छी सहभगि ५ वर्षिया प्रिन्सा खड्का मिनी मोडल वर्ल्डको ताज पहिरिन सफल भएकी छिन् । 

उनले प्रतियोगितामा वेष्ट डान्सरको अवार्ड पनि जित्न सफल भएकी छिन् । टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित सो प्रतियोगिता गत मार्च २१ देखि २८ देखि इजिप्टको हुर्घादा शहरस्थित द क्यारेवियन वल्ड रिसोर्टमा संचालन भएको थियो । सो प्रतियोगितामा  १८ वर्ष मुनिका विश्वका विभिन्न मुलुकका ४५ जना सहभगिहरुको उपस्थिति रहेको थियो । प्रिन्सा सबै सहभागि मध्ये सबैभन्दा कान्छी उमेरकी थिइन् । 

वालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा अध्ययरनत प्रिन्साले यस अघि मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गरेका बालबालिका सम्बन्धीत कार्यक्रममा मिनी लिटिल च्याम्प २०१९ उपाधि विजेता हुन् । 

प्रिन्साको अन्तर्राष्ट्रिय सहभागिताका लागि नेपालका लागि सो प्रतियागिताको आधिकारिक संस्था मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले नै व्यवस्थापन एवं संयोजन गरेको थियो । सो प्रतियोगिताका लागि प्रिन्साको वार्डरोब रिब्लुम फेसन बुटिक तथा बन्दना बुटिकले तयार पारेको थियो भने उनको डान्स प्रस्तुति काठमाडौं डान्स स्टुडियोले तयार पारेको थियो । प्रिन्सालाई सो प्रतियोगिताका लागि तयारी कोरियोग्राफरद्वय मारिशा श्रेष्ठ र विपाष्ना खनालले गरेका हुन् । 

 Image