Successfully Copied

चलचित्र कलाकार संघको अध्यक्ष पदमा सरिताको उम्मेदवारी घोषणा

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदकामा कलाकार सरिता लामिछानेको उम्मेदवारी घोषणा गरेकी छिन् । लामिछाने हाल संघकी महासचिव हुन् ।  यहि चैत्र २३ गते नेपाल चलचित्र कलाकार संघको अधिबेसन हुँदै छ । 

नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदकामा कलाकार सरिता लामिछानेको उम्मेदवारी घोषणा गरेकी छिन् । लामिछाने हाल संघकी महासचिव हुन् ।  यहि चैत्र २३ गते नेपाल चलचित्र कलाकार संघको अधिबेसन हुँदै छ । 

संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउँदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउँछन । 

बिगत २ दशक देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनि कलाकारितालाई समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ बेशी सक्रियता जनाउँदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउँछिन ।

अधक्ष्य पदमा उम्मेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन ।

स्मरण रहोस उनि नेपाल चलचित्र कलाकार संघको ३० औ बर्षे ईतिहासमा पहिलो महिला महासचिब पदमा अत्याधिक बहुमतले बिजय गरेको पहिलो महासचिब हुन् ।

 

 Image