Successfully Copied

बालबालिकाका लागि रेसादार खानपान

रेसादार खाना वयस्क व्यक्तिका लागि जति आवश्यक छ, उति नै बालबालिकाहरूका लागि पनि जरुरी छ । बढ्दो उमेरका बालबालिकालार्ई उमेरसँगै रेसायुक्त खानेकुरा दिइएन भने उनीहरू पनि वयस्कजस्तै कब्जियतको शिकार हुन्छन् । 

रेसादार खाना वयस्क व्यक्तिका लागि जति आवश्यक छ, उति नै बालबालिकाहरूका लागि पनि जरुरी छ । बढ्दो उमेरका बालबालिकालार्ई उमेरसँगै रेसायुक्त खानेकुरा दिइएन भने उनीहरू पनि वयस्कजस्तै कब्जियतको शिकार हुन्छन् । 

    अधिकांश बालबालिकालार्ई रेसायुक्त खानेकुरा मन पर्दैन । उनीहरू जंक फुड रुचाउँछन् जुन मोटोपन तथा कब्जियतको कारण बन्न पुग्छ । 

    रेसायुक्त खानाले पेट सहज रूपमा सफा हुन्छ । बालबालिकाहरूलार्ई कब्जियत भयो भने उनीहरूको डाइटमा रेसायुक्त खाना अर्थात् रेसाहरूको मात्रा बढाए यसबाट छुटकारा मिल्छ । यसले मोटा बालबालिकाको तौलसँग जोडिएका समस्यालार्ई पनि नियन्त्रण गर्छ । 

    डाइटमा रेसायुक्त खाना नभए बालबालिकाको विकासमा पनि प्रभाव पर्छ । त्यसो त रेसायुक्त खानामा अलिकति पनि क्यालोरी, भिटामिन तथा खनिज तत्व हुँदैन । यसका बाबजुद यो कुरा बालबालिका तथा वयस्क सबैका लागि आवश्यक हुन्छ । 

    यसले हाम्रो डाइजेस्टिभ सिस्टमलार्ई स्वस्थ राख्छ । आन्द्रालार्ई सही ढंगले काम गर्न मद्दत गर्छ, जसका कारण आन्द्रासित जोडिएका समस्या सिर्जना हुन पाउँदैनन् । 

    रेसायुक्त खानेकुराले शरीरमा भएको ब्लड सुगरको स्तरलार्ई पनि स्थिर राख्छ, कारण यसले रगतमा अवशोसित हुने ग्लुकोजको दरलार्ई कम गर्छ । 

    रेसायुक्त खानाबाट प्रशस्त डाइट ग्रहण गर्दा शरीरलार्ई लगातार एनर्जी प्राप्त हुन्छ । यसका साथै नराम्रो कोलेस्ट्रोलको स्तर कम हुने भएकाले मुटु रोगको खतरासमेत कम हुन्छ । 

    रेसायुक्त खाना एक प्रकारको कार्बोहाइड्रेट हो, जुन रुख–बिरुवामा पाइन्छ । केही अध्ययनअनुसार रेसायुक्त खाना टाइप टुले डाइबिटिजलार्ई पनि कम गर्न सक्छ । यसको सेवनका कारण क्यान्सरबाट पनि जोगिन सकिन्छ । 

कहिलेदेखि रेसायुक्त खाना 

प्रदान गर्ने ?    

चिकित्सकहरूका अनुसार बालबालिका एक वर्षका हुनेबित्तिकै रेसायुक्त खाना प्रदान गर्न सकिन्छ । जसरी तौल, उचाइ र उमेर बढेसँगै अधिक मात्रामा क्यालोरी ग्रहण गर्नु आवश्यक छ, त्यही अनुपातमा अधिक मात्रामा रेसायुक्त खाना ग्रहण गर्नु आवश्यक छ ।

    बालबालिकालार्ई कहिल्यै अत्यधिक मात्रामा रेसायुक्त खाना दिनु हुँदैन । अत्यधिक रेसायुक्त खाना खाँदा शरीरले खनिज तत्वलार्ई ग्रहण गर्न सक्दैन । 

    रेसायुक्त खानाको मात्रा अचानक बढाउने हो भने वयस्कका साथै बालबालिकामा पनि ग्यास बढ्ने, पेट फुल्ने र कब्जियतको समस्या हुन सक्छ । त्यसैले रेसायुक्त खानाको निर्धारित मात्रा विस्तारै–विस्तारै अलिअलि गरी बढाउनुपर्छ । 

 बालबालिकालार्ई अत्यधिक मात्रामा रेसायुक्त खाना दिनाले उनीहरूको पेट भरिएको जस्तो लाग्न सक्छ र उनीहरू अन्य पोषक तत्व प्रशस्त मात्रामा खान सक्दैनन् । 

 बालबालिकालार्ई रेसायुक्त खानाका साथमा पर्याप्त मात्रामा पानी पनि ख्वाउनुपर्छ । आवश्यकताभन्दा बढी पानी पिउँदा डायरिया हुनसक्छ भने कम पानी पिउँदा कब्जियत हुनसक्छ । 

    चिकित्सकहरूका अनुसार एकदेखि तीन वर्षसम्मका बालबालिकालार्ई दैनिक रूपमा १५ ग्राम, ४ देखि ८ वर्षसम्मका बालबालिकाका लागि २५ ग्राम रेसायुक्त खाना दिनुपर्छ । अत्यन्त स–साना बालबालिकालार्ई रेसायुक्त खानाका रूपमा चोकर तथा  सोयाबिनको आटा ख्वाउनु हुँदैन । 

    बालबालिकालार्ई सन्तुलित डाइट ख्वाउनुपर्छ । यस्तो डाइटमा चिल्लो पदार्थ, डेरी प्रोडक्ट, फल–सब्जी, मासु, अनाज–दाल आदि पर्याप्त मात्रामा समावेश गर्नुपर्छ जसबाट प्रशस्त क्यालोरी प्राप्त हुन्छ । 

 Image