Successfully Copied

लिटिल मिस हेरिटेज नेपालको आवेदन खुला

‘लिटिल मिस हेरिटेज नेपाल–२०१९’को आवेदन खुला भएको छ । आयोजक जेनिथ इन्टरटेनमेन्टका अनुसार ‘जुनियर लिटल मिस हेरिटेज’का लागि ८ देखि १३ र ‘सिनियर लिटल मिस हेरिटेज’का लागि १३ देखि १७ बर्षसम्मका छात्राहरुले आवेदन दिन सक्नेछन् ।

‘परिवर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक विकाश गराइ उनीहरुको ब्यक्तित्व विकाश र आत्मविस्वास अभिबृद्धी गरि मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिताका लाभदायक हुने जेनिथ इन्टरटेनमेन्टका सीईओ विक्रम सिङ मैनालीले बताए ।

जेनिथ इन्टरटेनमेन्टको फेसबुक पेज तथा संस्थाको नयाा बानेश्वरस्थित कार्यलयबाट पनि आवेदन भर्न सकिने छ । प्रतियोगिताको पहिलो अडिसन यही चैत २३ गते तीनकुनेस्थित मण्डला ब्याङ्क्वेटमा आयोजना हुँदैछ । 

प्रतियोगितामा सिनियर तथा जुनियर एकएक विजेता छानिने छन् ।

 Image