Successfully Copied

शरीरमा कसरी काँडा उम्रन्छ ? 

जाडो मौसम होस् वा तर्सिएको अवस्था हाम्रो शरीरको छालामा स–साना बिमिरा देखिन्छन्, यसलाई हामी काँडा उम्रिएको भन्छौं । बेलायतका एक शोधकर्ताका अनुसार मानिसमा एक्कासि डर, खुसी वा आश्चर्य उत्पन्न हुँदा शरीरमा काँडा उम्रन्छन् ।

चिसो वा जाडोमा पनि काँडा उम्रन्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि शरीरमा काँडा देखापर्छ । मानिसमा एक्कासि डर, खुसी, आश्चर्य उत्पन्न हुँदा शरीरको एड्रिनालिन ग्रन्थिबाट एड्रिनालिन हार्मोन स्राव हुन्छ ।

यसले रौंको फेदमा रहेको सानो मांसपेशीलाई खुम्चाइदिन्छ । यसले गर्दा रौंको फेदको छालाको तन्तु ठाडो र कडा रूपमा माथि उठ्छ । यसलाई नै हामी काँडा उम्रिएको भन्छौं । 

 Image