Successfully Copied

तेस्रो पिंकाथनको उपाधि कान्छीमायालाई 

पिंकाथन काठमाडौंको तेस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् । यसपटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा सशस्त्र प्रहरीकी कोजु विजयी हुँदै लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गरेकी हुन् ।

पिंकाथन काठमाडौंको तेस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् । यसपटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा सशस्त्र प्रहरीकी कोजु विजयी हुँदै लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गरेकी हुन् । यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् ।

सशस्त्रकी कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै उपाधि उचालेकी हुन् । यो स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् भने सशस्त्रकै पुष्पा भण्डारी तेस्रो भइन् । हाफ म्याराथनमा प्रथमलाई ५१ हजार, दोस्रोलाई ३१ हजार तथा तेस्रोलाई २१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

१० किलोमिटरतर्फ सशस्त्रकी सन्तोषी श्रेष्ठ प्रथम, चन्द्रा राउत दोस्रो तथा सरस्वती कडायत तेस्रो भए । विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रोले ११ हजार नगद पुरस्कार हात पारे । ५ किलोमिटरतर्फ सामना कार्की प्रथम भइन् भने ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो ।

३ किलोमिटर दौडमा सानुका थापा प्रथम हुँदा स्वस्तिका श्रेष्ठ दोस्रो तथा प्रतिमा कार्की तेस्रो भए । विजेतालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड सुपर मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटी उपमहासचिव राजीव श्रेष्ठलगायतका अतिथिले पुरस्कार वितरण गर्नुभयो । महिला सशक्तिकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिंकाथन अभियान शुरु गरेका हुन् । भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिता पिंकाथन विगत तीन वर्षदेखि नेपालमा पनि भइरहेको छ ।

नेपालमा लेजर पोर्ट नेपालले यो इभेन्ट गर्दै आएको छ । पिंकाथन काठमाडौंको तेस्रो संस्करणमा २ हजार ५ सय महिला सहभागी भएको लेजर पोर्ट नेपालका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालय नक्सालमा इभेन्ट भएको हो ।

 

 Image