Successfully Copied

डीक्रा बादीको एकल डेउडा गायन

सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको आज शनिबार राजधानीमा एकल डेउडा गायन हुने भएको छ । एक समय चर्चित भएर हाल ओझेल परेकी बादीले पर्यटनकर्मी युवाको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा एक दर्जन ठाडी भाकाका गीत र दोहोरी प्रस्तुत गर्नेछिन् ।

सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको आज शनिबार राजधानीमा एकल डेउडा गायन हुने भएको छ । एक समय चर्चित भएर हाल ओझेल परेकी बादीले पर्यटनकर्मी युवाको संस्था कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा एक दर्जन ठाडी भाकाका गीत र दोहोरी प्रस्तुत गर्नेछिन् । दोहोरी गीतमा उनलाई संगीतकार कित्थ्या बादीले साथ दिँदैछन् ।

पचासको दशकदेखि ठाडी भाका र दोहोरी गीतका एल्बम निकाल्न थालेकी डीक्राको स्वरमा सयौं गीत रेकर्ड भएका छन् । उनका एक दर्जन एकल एल्बम निक्लिएका छन् भने अन्य दर्जनौं एल्बममा फुटकर गीत  गाएकी छिन् । तर, पछिल्लो एक दशकदेखि उनका गीत रेकर्ड हुन सकेका छैनन् ।

बाजुरामा जन्मेर हुर्केकी डीक्रा हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बङ्क गाउँमा बसोबास गर्छिन् । विगतमा उनले सुदूरपश्चिममा मात्र होइन, काठमाडौं, मुम्बई, बैंगलोरसम्म पुगेर गाएकी थिइन् । अहिले लामो अन्तरालपछि उनी लाइभ गायनमा फर्किएकी हुन् ।

राष्ट्रिय नाचघरमा आज दिउँसो १ बजे कार्यक्रम सुरु हुने कन्सेप्ट नेपालका संयोजक पवन शाक्यले जानकारी दिए । डीक्रालाई संगीतमा परम्परा व्याण्डका शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीव मैनालीले साथ दिँदैछन् ।

 

 Image