Successfully Copied

तेस्रो पिंकाथन काठमाडौंमा

महिलाको स्वास्थ्य अवस्थाप्रति उनीहरूलाई सचेत गराउने उद्देश्यले आयोजना हुँदै आएको पिंकाथन काठमाडौंको तेस्रो संस्करण आगामी भोलि फागुन ११ गते संचालन हुने भएको छ । नेपालकै सबैभन्दा ठूलो यो महिला दौडमा पाँच हजार महिला सहभागी हुने अपेक्षा गरिएको छ ।

महिलाको स्वास्थ्य अवस्थाप्रति उनीहरूलाई सचेत गराउने उद्देश्यले आयोजना हुँदै आएको पिंकाथन काठमाडौंको तेस्रो संस्करण आगामी भोलि फागुन ११ गते संचालन हुने भएको छ । नेपालकै सबैभन्दा ठूलो यो महिला दौडमा पाँच हजार महिला सहभागी हुने अपेक्षा गरिएको छ ।

बलिउडका सुपर मोडल मिलिन्द सोमनको लोककल्याणकारी संस्था युनाइटेड सिस्टर्स फाउन्डेसनले महिलामा हुने स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले भारतका विभिन्न ८ सहरमा यो दौड संचालन गर्दै आएकोमा तीन वर्षदेखि अन्तर्राष्ट्रिय संस्करणका रूपमा काठमाडौंमा समेत गर्न थालिएको हो । यो ‘फ्रेन्चाइज’ पिंकाथनलाई लिजर पोर्ट नेपालले नेपाल भित्र्याएको हो । गत वर्ष पिंकाथन नेपालको सद्भावना दूत नगमा श्रेष्ठ थिइन् । यसपटक पिंकाथनको सद्भावना दूतमा नीति शाहलाई नियुक्त गरिएको छ ।

नीति शाह, सद्भावना दूत, पिंकाथन २०१९ पिंकाथनको जानकारी कहिलेदेखि थियो ?

दुई वर्षअघि नेपालमा पिंकाथन सुरु भएको थियो । त्यो भन्दा अघिका वर्षहरूमा भारतमा हुने पिंकाथनका बारेमा पनि मलाई जानकारी छ । खेलकुदका माध्यमबाट महिलाको स्तन क्यान्सरविरुद्ध जनचेतना वृद्धि गर्ने उद्देश्यले पिंकाथन आयोजित गरिएका कारण पनि म यसमा सहभागी भएकी हुँ ।

पहिले पनि पिंकाथनमा सहभागी हुनुभएको थियो ?

गत वर्ष सहभागीका रूपमा दौडिएकी थिएँ । यसपटक भने सद्भावना दूतका रूपमा सुरुदेखि नै आबद्ध हुने भएकी छु । 

सद्भावना दूतका रूपमा तपाईंको भूमिका के–कस्तो रहन्छ ?

यो मेरा लागि एकदमै राम्रो अवसर हो । हजारौं महिला सहभागी हुने पिंकाथनमा बढीभन्दा बढीलाई सहभागी गराउँदै महिलाहरूको स्वास्थ्य एवं स्तन क्यान्सरविरुद्ध जनचेतना फैलाउने काम आफmैमा निकै सकारात्मक छ । 

कार्यक्रमका बारेमा बताइदिनुहोस् न ?

यो कार्यत्रम फागुन ११ गते बिहान ६.३० मा प्रारम्भ हुनेछ । चार वटा विधामा हुने यो प्रतिस्पर्धाका क्रममा दौडका साथ महिला फिटनेस एवं स्वास्थ्यका लागि जनचेतनात्मक कार्यक्रमसमेत हुनेछ ।

कान्छीमाया कोजू, म्याराथन धावक यसपटक पिंकाथनमा सहभागी हुने सोच छ ?

अहिले म बिरामी छु । तैपनि त्यतिबेलासम्म निको भयो भने हाफ म्याराथन, ५ किलो मिटर तथा १० किलो मिटरमध्ये एउटामा भए पनि सहभागी हुने सोच छ । 

पिंकाथनका बारेमा कहिले जानकारी पाउनुभयो ?

५–६ वर्षअघिदेखि इन्टरनेटमार्फत पिंकाथनका बारेमा जानकारी थियो । महिलाहरूको ब्रेस्ट क्यान्सरका लागि चलाइएको क्याम्पेन भएकाले म ती सबै दौड हेर्थें । यस्तो पिंकाथन नेपालमा पनि हुनुपर्छ भन्ने त्यतिबेलै लाग्थ्यो । 

अन्य दौड र पिंकाथनमा दौडदा के–कस्तो फरक महसुस गर्नुभयो ?

एकदमै फरक लाग्यो । पहिलो पिंकाथन रंगशालाबाट सुरु भएको थियो । मैले अहिलेसम्म धेरै प्रतिस्पर्धामा भाग लिएँ तर त्यो दिनजस्तो रमाइलो कहिल्यै भएन । महिलाहरूका लागि मात्र भएकाले पनि यो विशेष दौड लाग्यो । नेपालमा यसरी यति धेरै महिला एक ठाउँमा जम्मा भएर दौडिएको त्यो पहिलो दौड थियो । हामी खेलाडीका साथमा सेलिब्रेटी, विभिन्न क्षेत्रका महिलाहरू, टिनएजर सबै सहभागी हुने पिंकाथन ब्रेस्ट क्यान्सरको जनचेतनात्मक अभियान भएकाले पनि यसमा दौडदा बेग्लै आनन्द महसुस हुन्छ । 

पिंकाथनको माध्यमबाट के सन्देश दिन चाहनुहुन्छ ?

महिलाहरूले घरभित्रको व्यस्तताका कारण आफ्नो स्वास्थ्यप्रति ध्यान दिएको पाइँदैन । यद्यपि हरेक महिलालाई आफ्नो स्वास्थ्यस्थितिका सम्बन्धमा राम्रो ज्ञान हुनुपर्छ । डाक्टरकहाँ गएर समय र पैसा खर्च गर्दा आफ्नो स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्छ । त्यसमध्ये पनि दौड सबैभन्दा राम्रो एक्सरसाइज हो । म त भन्छु, स्वास्थ्यका लागि दौड सबैभन्दा बेस्ट हो । 

 Image