Successfully Copied

मिस नेपाल पिसको आवेदन खुला

स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करणका लागि आवेदन खुला भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ ।

स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करणका लागि आवेदन खुला भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले बुधबार विज्ञप्ति जारी गरी प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ ।

‘मिस नेपाल पिस’ स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सौन्दर्य प्रतियोगिता हो । ‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहितको यो प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका कम्तीमा ५ फिट उचाइ भएका अविवाहित युवतीले आवेदन दिन सक्ने विज्ञप्तिमा उल्लेख छ । 

नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले प्रतियोगिता ६ वर्षदेखि नियमित आयोजना हुँदै आएको छ ।

आयोजक संस्थाका अध्यक्ष रवि धमलाले देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरे ।

प्रतियोगीताको पहिलो अडिसन ११ फागुनमा राजधानीमा हुँदैछ । सहभागी हुन चाहनेले नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यलय टेकुबाट आवेदन फर्म भर्न सक्नेछन् ।

 

 Image