Successfully Copied

ट्यालेन्ट स्टार नेपालको उपाधि

परिवर्तन इभेन्ट हाउसले काठमाडौंमा आयोजना गरेको ट्यालेन्ट स्टार नेपाल–२०१९ मा विभिन्न तीन उमेर समुहका बालबालिकाहरुबीच रमाइलो प्रतिस्पर्धा सम्पन्न भएको छ ।

परिवर्तन इभेन्ट हाउसले काठमाडौंमा आयोजना गरेको ट्यालेन्ट स्टार नेपाल–२०१९ मा विभिन्न तीन उमेर समुहका बालबालिकाहरुबीच रमाइलो प्रतिस्पर्धा सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा जुनियर ट्यालेन्ट स्टार नेपाल अन्तर्गत सृष्टि लिम्बु र अभिषेक घिमिरे विजेता भए भने जेनिशा अधिकारी, सुप्रिया तामाङ, सजनी बस्नेत, रितिका गहतराज, इशिका चौधरी तथा सेरिना श्रेष्ठले फस्टदेखि सिक्स्थ रनर्स अपसम्मको उपाधि जिते । प्रि–टिन ट्यालेन्ट स्टार नेपालतर्फ कुञ्जना महर्जन र रेस लिम्बु उपाधि विजेता रहे । 

यो विधामा सुप्रिमा दर्नाल तथा रिसियन रिजालले फस्ट रनर्स अप तथा पिंकी तामाङ र निश्चल तामाङले सेकेण्ड रनर्स अपमा चित्त बुझाए । प्रतियोगितामा दिव्या कार्कीले मिस ट्यालेन्ट स्टार नेपाल तथा दिपेश सापकोटाले मिस्टर ट्यालेन्ट स्टार नेपालको उपाधि जिते ।

हेमा अधिकारी, जयन सुब्बा मानन्धर, सोना अमात्य, विधान कार्की तथा शशि विक्राम थापा उक्त प्रतियोगिताको निर्णायकमा रहनु भएको थियो । नेपाल टेलिकमको प्रस्तुतीकरणमा सम्पन्न उक्त प्रतियोगिता बाबा एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा सम्पन्न भएको हो । 

 Image